PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

विद्यार्थीले दिनभर बन्धक बनाएका क्याम्पस प्रमुख सहितका पदाधिकारी मुक्त, प्रहरीले फोड्यो ताला



पहिलोपोस्ट

विद्यार्थीले दिनभर बन्धक बनाएका क्याम्पस प्रमुख सहितका पदाधिकारी मुक्त, प्रहरीले फोड्यो ताला

काठमाडौं : चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा बन्धक बनाइएका क्याम्पस प्रमुख, निर्वाचन समिति संयोजक र पदाधिकारीहरुलाई प्रहरीले गएराति ताला फोडेर मुक्त गराएको छ।
 
निर्वाचन समितिको कार्यालयमा लगाइएको ताला खुलाउने विषयमा छलफल गर्न निर्वाचन समिति संयोजक राजेन्द्रप्रसाद रेग्मी, क्याम्पस प्रमुख गोविन्द सापकोटा लगायतका पदाधिकारी प्रमुखको कार्यकक्षमा बैठक बसिरहेका बेला थुनामा परेका हुन्। गत १४ गते नेविसंघले लगाएको ताला खुलाउन उनीहरु छलफलमा रहेको अवस्थामा अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अखिल छैटौंका विद्यार्थीहरुले बाहिरबाट ताला लगाइदिएका थिए।

थुनामा परेकै अवस्थामा फेसबुमार्फत मुक्त गराउन विज्ञप्ति जारी गरेपछि घटना बाहिर आएको थियो। घटनापश्चात् राति नै क्याम्पस पुगी उनीहरुलाई मुक्त गराइएको चितवन प्रहरीले जनाएको छ।

थुनामा परेपछि उनीहरुले यसरी विज्ञप्ति जारी गरेका थिए-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell