PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मनाङ सेमिफाइनलबाटै बाहिरियो, टिसी स्पोर्ट्स फाइनलमा



पहिलोपोस्ट

मनाङ सेमिफाइनलबाटै बाहिरियो, टिसी स्पोर्ट्स फाइनलमा

चितगोङ : नेपाली क्लब मनाङ मर्स्याङदी बंगलादेशमा भइरहेको दोस्रो शेख कमाल इन्टरनेशनल क्लब कपको सेमिफाइनलबाटै बाहिरिएको छ।

चितगोङस्थित एमए अजिज स्टेडियममा सोमबार भएको पहिलो सेमिफाइनलमा मनाङ माल्दिभ्सको क्लब टिसी स्पोर्ट्ससँग १-० ले पराजित भएसँगै फाइनल प्रवेश गर्न असफल भएको हो।

टिसीलाई फाइनलमा पुर्याउन ८२ औं मिनेटमा कप्तान नफिउ अलीले निर्णायक गोल गरे। टिसी क्लबका अजम मोहमदले क्रस गरेको बल गोलरक्षक दिनेश थापा मगरले बल रोक्ने क्रममा हातबाट फुत्केपछि अलीलाई लाग्दै बल गोल भएको हो। 

खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर चुकाएका थिए। इन्जुरी टाइममा ओलावालेले मनाङका लागि बराबरी गोल फर्काउने अवसर चुकाएका थिए। 

टिसी क्लबबाट खेलेका नेपाली राष्ट्रिय टीमका गोलरक्षक किरण चेम्जोङले राम्रो बचाउ गरे। किरण नै खेलको म्यान अफ दी म्याच घोषित भए। उनले ५ सय अमेरिकी डलर प्राप्त गरे।

जितपछि टिसी स्पोर्टसका प्रशिक्षक निजम मोहम्मदले फाइनल पुग्दा खुशी लागेको प्रतिक्रिया दिए। फाइनलमा जुन टिम आएपनि कुनै गाह्रो नहुने प्रशिक्षक मोहम्मदले बताए।

यता हारपछि मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले राम्रो खेलेपनि गोलरक्षकको सानो गल्तीका कारण पराजित हुन परेको बताए।

उनले टिमका पूर्व गोलरक्षक किरणका कारण पराजित नभएको र खेलाडीहरुले पाएको मौकालाई फिनिसिङ गर्न नसक्दा पराजित हुन परेको प्रतिक्रिया दिए।

अब टिसीले उपाधिका लागि चितगोङ अबहानी लिमिटेड र दक्षिण कोरियाको पोचेन सिटीजन्स एफसीको विजेतासँग खेल्नेछ।

बैगाली क्लब चितगोङ प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell