PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सेनाको हेडक्वाटरमा चुनावी सुरक्षाबारे गोप्य बैठक, गृह, प्रहरी र सशस्त्रका प्रमुख सहभागी



पहिलोपोस्ट

सेनाको हेडक्वाटरमा चुनावी सुरक्षाबारे गोप्य बैठक, गृह, प्रहरी र सशस्त्रका प्रमुख सहभागी

काठमाडौं : सोमबार सार्वजनिक विदाको दिन भए पनि गृह मन्त्रालयका अधिकारीसहित तीन सुरक्षा संगठनका प्रमुख सैनिक हेडक्वाटर पुगे।
गृह मन्त्रालय शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थी सहित नेपाल प्रहरीका निमित्त प्रमुख डा दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी विदाको दिन सैनिक हेडक्वाटर पुगेका हुन्।

गृहका अधिकारीलाई सेनाले स्थानीय तहको निर्वाचन र त्यसको सुरक्षा तयारीबारे छलफल गर्न भद्रकालिमा रहेको सैन्य हेडक्वाटरमा डाँकेको हो।
नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले निर्वाचनमा कसरी सुरक्षा प्रवन्ध गर्ने भन्ने विषयमा छलफलका लागि गृह अन्तर्गतका सुरक्षा निकायका प्रमुखहरु सेनाको हेडक्वाटरमा आएको पुष्टि गरे।

कार्कीले भने‘ निर्वाचनको बिषयमा कसरी समन्वय गरेर अगाडी बढ्ने बिषयमा प्रारम्भिक छलफल भएको हो ।’
 
चुनावी सुरक्षाको जिम्म्वारी गृहले गर्छ। सेना गृह मातहतको निकाय नभए पनि यस्ता विषयमा सेनाले गृहका अधिकारीलाई हेडक्वाटरमा बोलाउने गर्दै आएको छ।

छलफलमा सहभागी एक प्रहरी अधिकृतका अनुसार सेनाको हेडक्वाटरको छलफलमा तराईलाई  प्राथमिकतामा राखेर छलफल भएको छ।
चुनावी सुरक्षाको महत्वपूर्ण जिम्मेवारी प्रहरीले पाउने गरेको छ। प्रहरीलाई सशस्त्रले सघाउँछ भने सेना ब्याकिङ्मा बस्ने गरी सुरक्षा रणनीति बन्ने गरे पनि सुरक्षाको केन्द्रमा सेना रहँदै आएको छ।

सरकारले निर्वाचन मिति घोषण गरेको भोलिपल्ट नै गृहमा बसेको प्रमुख सुरक्षा निकायको बैठकले निर्वाचनमा मधेसलाई प्राथमिकतामा राखेर सुरक्षा योजना बनाउने निष्कर्ष निकालेको थियो।

गृहमा भएको सुरक्षा बैठकमा सुरक्षाको अवस्थाका आधारमा अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी क्षेत्रको बर्गीकरण गरेर सोही अनुसारको सुरक्षा योजना बनाउने निर्णय गरेको थियो।

सो बैठकले नेत्रविक्रम चन्द र सिके राउत लगायतका समूहको गतिविधिमाथी कडा निगरानी र चुनावी विरोधी अन्य राजनीतिक दलको गतिविधीमाथी नरम निगरानी राख्ने निर्णय गरेको थियो।

फाइल फोटो
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell