PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इरानी फिल्मले जित्यो उत्कृष्ट विदेशी भाषाको अस्कर अवार्ड



इरानी फिल्मले जित्यो उत्कृष्ट विदेशी भाषाको अस्कर अवार्ड

इरानी फिल्म 'द सेल्सम्यान' ले उत्कृष्ट विदेशी भाषाको फिल्मको अस्कर अवार्ड जितेको छ। अस्घर फारहादीको निर्देशनमा बनेको यो फिल्म इरानमा ३१ अगस्त २०१६ मा रिलिज भएको थियो। 

विदेशी भाषाको फिल्मको लागि नेपालले मिनबहादुर भामको 'कालो पोथी' पठाएको थियो। त्यसैगरी भारतले तमिल भाषाको फिल्म 'इन्टेरोगेसन' पठाएको थियो। दुवै फिल्म नोमिनेसनमा परेनन्। 

स्विडेनको अ म्यान कल्ड ओभ, जर्मनीको टोनी एर्डम्यान, डेनमार्कको ल्यान्ड अफ माइन र अस्ट्रेलियाको टन्ना नोमिनेसनमा परेको थियो।

द सेल्सम्यान एमाड र राना जोडीको कथा हो। दुवै स्थानीय नाट्यघरमा आर्थर मिलरको डेथ अफ अ सेल्सम्यान नाटकका प्रमुख कलाकार हुन्छन्। उनीहरुको सम्बन्ध एउटा अपार्टमेन्टमा सरेपछि असर पर्न थाल्छ। त्यो ठाउँमा पहिले एक देहव्यापारी बसेर ग्राहकहरुसित कारोबार गर्ने ठाउँ हुन्छ। 

२०१६ को कान्स फिल्म फेस्टिभलमा शोहाब होस्सेनीले उत्कृष्ट अभिनेता र अस्घर फारहादीले उत्कृष्ट पटकथाको अवार्ड जितेका थिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell