PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

८९औं अस्कर अवार्ड : मुनलाइट उत्कृष्ट फिल्म, ला ला ल्याण्डलाई उत्कृष्ट निर्देशक र अभिनेत्रीसहित ६ अवार्ड



पहिलोपोस्ट

८९औं अस्कर अवार्ड : मुनलाइट उत्कृष्ट फिल्म, ला ला ल्याण्डलाई उत्कृष्ट निर्देशक र अभिनेत्रीसहित ६ अवार्ड

८९ औं अस्कर अवार्डमा फिल्म ला ला ल्याण्डले वर्चस्व कायम राख्दा मुनलाइट उत्कृष्ट फिल्म र कासेए अफ्लेक उत्कृष्ट अभिनेता घोषित भएका छन्।

वारेन बेएट्टीले उत्कृष्ट फिल्मको नाम घोषण गर्दा सुरुमा ला ला ल्याण्डको नाम उच्चारण गरेपनि उक्त घोषणा गलत भएकाले त्यसलाई सच्याउँदै मुनलाईटलाई उत्कृष्ट फिल्म घोषित गरियो। 

ब्यारी जेनकिन्सले निर्देशन गरेको मुनलाइटले ला ला ल्याण्ड, अराइभल, फेन्सेस, हक्सव रिड्ज, हेल अर हाई वाटर, हिडन फिगर्स, लायन र म्यानचेष्टर बाई द सीलाई पछि पार्दै उत्कृष्ट फिल्मको अवार्ड जित्यो।

यता १४ विधामा मनोनित भएको म्युजिकल फिल्म ला ला ल्याण्डले उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीसहित ६ विधामा अवार्ड जितेको हो।
उत्कृष्ट अभिनेताको अवार्ड भने 'म्यानचेष्टर बाई द सी' बाट कासेए अफ्लेकले जिते।


ला ला ल्याण्डबाट डामिएन चाजेले उत्कृष्ट निर्देशकको अवार्ड जिते भने एम्मा स्टोनले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन्।


ला ला ल्याण्डले बेस्ट ओरिजिन सङ, बेस्ट ओरिजिन स्कोर, बेस्ट सिनेम्याटोग्राफी प्रोडक्सन डिजाइनको अवार्ड पनि जितेको छ।

उत्कृष्ट सहअभिनेताको अवार्ड भने मुनलाइटबाट महेर्साला अलीले जिते भने उत्कृष्ट सहअभिनेत्रीको अवार्ड फेन्सेसबाट भिओला डेभिसले जितिन्।

उत्कृष्ट विदेशी भाषाको फिल्मको अवार्ड इरानी फिल्म द सेल्सम्यानले जित्यो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell