PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

म्याग्दीको स्लेटखानी सञ्चालनमा ल्याउन स्थानीयवासीको माग



रासस

बेनी (म्याग्दी) : म्याग्दी जिल्लाको दुर्गम रुम गाविसमा रहेको स्लेट र छाउनी ढुङ्गाको खानीलाई सञ्चालनमा ल्याउन स्थानीयले सरकारसँग माग गरेका छन्।
 
रुम गाउँको शिरानमा रहेको सो स्लेट खानीमा गुणस्तरीय स्लेट र छाउनी ढुङ्गा निकाल्न सकिने भए पनि प्रविधिको अभाव र लगानीको समस्याका कारण स्थानीयले थोरै मात्रामा खानीबाट स्लेट र छाउनी ढुङ्गा निकालेर बिक्री गर्दै आएका छन्।
 
रुममा रहेको विशाल स्लेट खानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सक्ने हो भने दैनिक ३५ जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने र राज्यलाई वार्षिक लाखौँ राजस्व प्राप्त हुने सम्भावना रहँदारहँदै पनि सरकारी निकायबाट बेवास्ता गरिएको स्थानीय टेकबहादुर विश्वकर्माले बताए।
 
यहाँको स्लेट र ढुङ्गा स्तरीय र चिल्लो भएको हुँदा पोखरा, बागलुङलगायतका ठाउँबाट पनि माग हुँदै आएको उनले जानकारी दिए। अहिले सो ढुङ्गा खानीको बाहिरी भागबाट निकालिएको ढुङ्गा बेचेर वार्षिक २५ लाखभन्दा बढी आम्दानी हुँदै आएको विश्वकर्माको भनाइ छ। ढुङ्गाखानीबाट भएको आम्दानीले रुमको राष्ट्रिय माविका शिक्षकलाई तलब खुवाउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell