PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

११ फोटोमा हेर्नुस् माधव नेपाल गौर पुग्दा भएको झडप र तनाव



राधेश्याम पटेल

११ फोटोमा हेर्नुस् माधव नेपाल गौर पुग्दा भएको झडप र तनाव

वीरगन्ज : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको गृहनगर गौर आज दिउँसो दुई घण्टा तनावग्रस्त रहयो। मोर्चाका नेता कार्यकर्ता तथा रौतहटका सुरक्षाकर्मीबीच वीपी चोकमा दिउँसो दुई बजेदेखि अपराह्न ४ बजेसम्म झडप भएपछि गौर तनावग्रस्त बनेको हो।

झडपमा परी एक पत्रकार, दुई सर्वसधारण तथा ४ सुरक्षाकर्मी गरी ७ जना घाइते भएको रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए। घाइते हुनेमा द हिमालयन टाइम्सका रौतहट संवाददाता प्रभातकुमार झा, प्रदर्शनकारी रामविनय यादव र नन्दकिशोर पटेल गरी तीन जना तथा चार जना सुरक्षाकर्मी रहेको उनले बताए। सामान्य घाइते भएका सुरक्षाकर्मीहरुको विवरण आउन बाँकी रहेको उनले बताए।

नेता नेपाल नेकपा एमालेद्वारा गौर ब्यारेक फिल्डमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन गौर आएका थिए।     सोही अवसरमा  गौर नगरपालिका वडा न २ का समाजसेवी शम्भु साह लगायत कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराउने कार्यक्रम थियो।

नेपाललाई रोक्न गरिएको विरोध जुलुस एवम् प्रदर्शनमा व्यापक सुरक्षाकर्मी परिचालन र लाठीचार्ज गरी सर्वसाधारण तथा प्रदर्शनकारी माथि प्रहरीले बल प्रयोग गरेको  आरोप सदभावना पार्टीका केन्द्रीय सदस्य राजकुमार दास तात्वाले लगाए।

झडपका कारण करिब एक घण्टा अघोषित रुपमा गौरमा निषेधाज्ञा लगाइएको मोर्चाका नेताहरुले दावी गरेका छन्। तर प्रमुख जिल्ला अधिकारी थापाले निषेधाज्ञा नभई नेकपा एमालेका वरिष्ठ नेता नेपालको सुरक्षाका लागि व्यापक सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको बताए।

   झडपमा पत्रकार घाइते भएपछि रौतहटका सञ्चारकर्मीहरुको एक समूहले जिल्ला प्रशासन कार्यालय रौतहट अगाडिी आवश्यक कारवाहीको लागि धर्ना दिएका थिए।
 
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले दोषी प्रहरीलाई ३ दिन भित्रमा कार्यवाही गरी जानकारी दिने प्रतिवद्धता गरेका छन्।

झडपको क्रममा आक्रोशित बनेका मोर्चाका कार्यकर्ताहरुले एमाले नेताहरु चढेको  बि आर ०६ पी ५४६१ नम्बरको भारतीय बोलेरो जलाएका छन्।कार्यक्रमपश्चात् प्रशासनले तोकेको रुट भन्दा अर्को रुटको सडकबाट गौरबाट एमाले नेताहरु निस्कँदै गर्दा साढे ४ बजे बोलेरो जलाइएको थियो।


















​ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell