PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रमुख दलसम्बद्ध भ्रातृ संगठनका नेता भन्छन्- 'तोकिएकै मितिमा स्ववियु चुनाव हुनुपर्छ'



पहिलोपोस्ट

प्रमुख दलसम्बद्ध भ्रातृ संगठनका नेता भन्छन्- 'तोकिएकै मितिमा स्ववियु चुनाव हुनुपर्छ'

काठमाडौं : प्रमुख दलका विद्यार्थी भ्रातृ संगठनका नेताहरूले तोकिएको मिति (फागुन १८) मै स्ववियु निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन्।
 
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले नेविसंघको कारण स्ववियु निर्वाचन अनिश्चित बनेको आरोप लगाइन्। उनले भनिन्, ‘हामी तोकिएकै मितिमा निर्वाचन सम्पन्न भएको देख्न चाहन्छौँ, तर नेविसंघले उद्दण्डता देखाइरहेको छ,  हामी यसको कानुनी कारबाहीको माग गर्छौँ।' उनले लोकतन्त्रको खिलाफमा नेविसंघ उभिएको समेत आरोप लगाइन्।
 
नेविसंघका महामन्त्री सरोज थापाले भने कहीँकतै अवरोध भए पनि सबै क्याम्पसमा निर्वाचनको वातावरण सिर्जना भएको दाबी गरे। थापाले भने, ‘पशुपति क्याम्पसमा हाम्रा केही साथीहरुको विमतिले गर्दा तालाबन्दी भएको छ, हामी तत्काल खुलाउने प्रयासमा छौँ, जितहारले हामीलाई कुनै फरक अर्थ राख्दैन।’
 
साक्षात्कारमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले ताला फोडेर भए पनि निर्वाचन गर्नुपर्ने बताए। ‘आफैँ नियम बनाउने आफैँ त्यसको खिलाफ गर्ने, अनेरास्ववियु र नेविसंघका विद्यार्थी नेताहरूले दोहोरो चरित्र देखाइरहनुभएको छ, यो कतिसम्म ठिक हो?'
 
अखिल क्रान्तिकारी ‘वैद्य’ समहका विद्यार्थी नेता सेमन्तराज भण्डारीले अमुक विद्यार्थी संगठनको कारणले गर्दा स्ववियु निर्वाचन धरापमा पर्ने सक्नेमा आशंका व्यक्त गरे। त्यस्तै मधेसी विद्यार्थी फोरम लोकतान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष कपलेश्वर यादवले आफूलाई ठूला भन्ने विद्यार्थी संगठनका नेताहरूले आफ्नो अस्तित्व समाप्त पर्छ कि भनेर स्ववियु निर्वाचन नचाहेको आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell