PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

स्थानीय निर्वाचनमा भाग लिने विषयमा मधेस केन्द्रित र कांग्रेस सांसदहरु छलफलमा



पहिलोपोस्ट

स्थानीय निर्वाचनमा भाग लिने विषयमा मधेस केन्द्रित र कांग्रेस सांसदहरु छलफलमा

काठमाडौं : स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि सहमति जुटाउन नेपाली कांग्रेस र मधेस केन्द्रित सांसदहरुबीच बैठक बसिरहेको छ।
 
नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, नेता प्रकाशमानसिंह र मधेसबाट प्रतिनिधि गर्ने सांसदहरु सहभागी छन्। 
 
यस्तै संविधान संशोधनको अन्तर्वस्तु र प्रक्रियामा असन्तुष्टि जनाउँदै आएको मोर्चा विचाराधीन विधेयकमा संशोधन दर्ताका लागि आन्तरिक परामर्शमा जुटेको छ। संसद्को निर्देशन अनुसार विचाराधीन विधेयकमा संशोधनका लागि आज अन्तिम दिन हो। 
 
मोर्चाले कांग्रेससँगको छलफलपछि आन्तरिक बैठक बोलाएको छ। मोर्चामा आबद्ध संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक दिउँसो १ बजे तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बस्ने भएको छ। मधेसी मोर्चाले यथास्थितीमा संशोधन प्रस्ताव अघि नबढाउन माग गर्दै आएको छ। विचाराधीन विधेयकले मधेशको माग सम्वोधन नगर्ने भन्दै परिमार्जन गर्न मोर्चाको माग छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell