PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

​संविधान संशोधनबारे आन्तरिक परामर्शमा मोर्चा, मधेसका सांसदसँग कांग्रेस पनि परामर्शमा



पहिलोपोस्ट

​संविधान संशोधनबारे आन्तरिक परामर्शमा मोर्चा, मधेसका सांसदसँग कांग्रेस पनि परामर्शमा

काठमाडौं : संविधान संशोधनको अन्तर्वस्तु र प्रक्रियामा असन्तुष्टि जनाउँदै आएको मधेशी मोर्चा विचाराधीन विधेयकमा संशोधन दर्ताका लागि आन्तरिक परामर्शमा जुटेको छ। संसद्को निर्देशन अनुसार विचाराधीन विधेयकमा संशोधनका लागि आज अन्तिम दिन हो। 

मोर्चाले कांग्रेससँगको छलफलपछि आन्तरिक बैठक बोलाएको छ। मोर्चामा आवद्ध संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक दिउँसो १ बजे तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बस्नेछ।

मधेशी मोर्चाले यथास्थितीमा संशोधन प्रस्ताव अघि नबढाउन माग गर्दै आएको छ। विचाराधीन विधेयकले मधेशको माग सम्वोधन नगर्ने भन्दै परिमार्जन गर्न मोर्चाको माग छ। तर, प्रस्ताव परिमार्जन भए वा पूरक संशोधन ल्याइए मान्य नहुँने प्रतिपक्ष दल नेकपा एमालेले बताउँदै आएको छ। एमालेले विचाराधीन विधेयक पनि पारित हुन नदिने बताउदै आएको छ।

यसैबीच नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन र आयोगको प्रतिवेदनबारे मधेशबाट प्रतिनिधित्व गर्ने सांसद्सँग छलफल गरिरहेको छ। कांग्रेस ससदीय दलको कार्यालयमा सभापति शेरवहादुर देउवासहित, गृहमन्त्री बिमलेन्द्र निधि, नेता प्रकामान सिंहलगायत मधेसबाट प्रतिनिधित्व गर्ने सांसद्हरु सहभागि छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell