PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मादक पदार्थ सेवन गरी लुटपाट गर्न खोज्ने चार युवक पक्राउ



रासस

मादक पदार्थ सेवन गरी लुटपाट गर्न खोज्ने चार युवक पक्राउ

उर्लाबारी (मोरङ) : मोरङको भातिगन्ज– २ स्थित भित्री सडकमा गएराति मादक पदार्थ सेवन गरी लुटपाट गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भातिगन्ज– २ बस्ने ३० वर्षीय पशुपति राजवंशी, ३० वर्षकै धनिराम राजवंशी, ३३ वर्षीय रमेश राजवंशी र २० वर्षीय श्रीनन्दन राजवंशी रहेका छन्। उनीहरुलाई वडा प्रहरी कार्यालय विराटनगर हाटखोलाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। 

सो समूहले विराटनगर –९ स्थित मेडिकल पसलबाट मोटरसाइकलमा घर फर्कने क्रममा भातिगन्ज– ४ बस्ने रोहित यादव र भरत यादवलाई लुटपाट गर्न खोजेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell