PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

५ सय परमाणु बम खेपेको ठाउँ : 'द पलिगन'वासीको डरलाग्दो पीडा



पहिलोपोस्ट

५ सय परमाणु बम खेपेको ठाउँ : 'द पलिगन'वासीको डरलाग्दो पीडा

 
काजकिस्तानको 'द पलिगन' को इतिहास आफैँमा भयानक छ। सन् १९४९ देखि १९८९ को बीचमा यहाँ हरेक वर्ष लगभग १० वटा परमाणु बमको परीक्षण गरिएको थियो। यसको परिणाम आजसम्म पनि देख्न सकिन्छ।

शीतयुद्धका क्रममा पूर्व सोभियत रूस अथवा युएसएसआरले परमाणु परीक्षणको लागि यहाँ संसारको सबैभन्दा ठूलो केन्द्र बनाएको थियो। त्यस बेला सोभियत रूसी सरकारले यहाँ ४५६ वटा परमाणु बमको परीक्षण गरेको थियो।
 
केन्द्रीय एसियाको कजाक स्टेपिजमा अवस्थित 'द पलिगन' को आधिकारिक नाम सेमिप्लाटिस्क टेस्ट साइट हो। यो ठाउँ बेल्जियम तथा अमेरिकाको मेरिल्याण्ड जत्तिकै ठूलो छ।
 
यहाँको मुख्य सहर कुअरसाटोफ हो। जसको नाम रूसी भौतिकशास्त्री आइगोर कुअरसाटोफको नामबाट राखिएको थियो। कुअरसाटोफले सोभियत रूसको परमाणु कार्यक्रमको नेतृत्व गरेको थियो। सेमिपलाटिस्कमा गरिने परीक्षणहरुको निगरानी गर्ने काम यतैबाट गरिन्थ्यो।


 
यहाँ परमाणु परीक्षण सेन्टरको निर्माण किन भयो
 
सोभियत रूसका जासुसी प्रहरी निर्देशक र सोभियत परमाणु बम कार्यक्रमका अधिकारीका अनुसार यहाँ मान्छेहरु बस्दैनन्। यहाँको जमिन पनि निकै नै क्षतिग्रस्त छ।

यही कारणले रूसी जार निकोलसले १८५४ मा सरकारकाविरुद्ध बोल्ने लेखक फ्योदोर दोस्तोवस्कीलाई निर्वासित गरेर यहाँ छाडिदिएको थियो।

 

परमाणु परीक्षणको पीडा
 
सन् १९४७ मा यो ठाउँ छनोट गर्ने बेला यहाँ ७०००० मान्छे बस्ने गर्दथे। यीमध्ये कारिप्बेक कुयुकोव पनि यहीँ बस्थे। उनले सोभियत रूसको परीक्षणको परिणाम प्रत्यक्ष रुपमा भोगेका थिए।
 
बिबिसीलाई उनले भने, 'म जन्मिने बेला मेरा हात थिएनन्। त्यसबेला मेरी आमा निकै ठूलो चोटमा थिइन्। उनको लागि यो मुस्किलको घडी थियो। आमाले मलाई तीन दिनसम्म देख्न सकिनन्।
 
कुयुकोव खानाबदोस गडरियोको परिवारमा सन् १९६८ मा जन्मएका थिए। जसलाई एउटा परमाणु बमको परीक्षण हुनुअघि यस इलाकाबाट बाहिर निकालिएको थियो।
 
उनी भन्छन्, मेरी आमाले डाक्टरलाई दुवैको पीडा कम हुने सुई दिएर निको पार्न भनेकी थिइन्। तर मेरा बुवाले यसो गर्न दिएनन्।'
 
कुयुकोव अगाडि भन्छन्, 'उनले मलाई अत्यन्तै भयभीत जिन्दगी उपहार दिए। मलाई लाग्छ परमाणु परीक्षणको पीडा भोग्ने संसारकै अन्तिम मानव बन्नु नै मेरो लक्ष्य रहेको थियो।'
 
उनी लगभग ५०० वटा परीक्षणमध्ये एउटा यस्तो परीक्षणको कुरा गर्दछन् जुन करिब चार दशकअघि सोभियत संघले गोप्य ढङ्गबाट गरेको थियो। शीतयुद्धका क्रममा गरिएका ती परमाणु कार्यक्रमबारे कसैलाई पनि जानकारी छैन। किनभने यो सित सम्बन्धित कागजात कहिल्यै पनि सार्वजनिक गरिएका थिएनन्।

 

विस्तारै गरियो विरोध 
 
कुयुकोव भन्छन्, 'त्यस बेला मेरी आमा जवान थिइन्। उनी परीक्षण हेर्नका लागि पहाडमाथि उक्लिएकी थिइन्। आकाश सुन्दर र सफा देखिन्थ्यो। एकाएक ठूलो उज्यालो देखियो। फेरि केही वस्तु जमीनबाट माथि उठेजस्तो देखियो र एकछिन पछि वातावरण पुरै अन्धकारमय भयो।
 
सोभियत रूसका सेनाले धेरै वर्षसम्म 'द पलिगन' मा बस्ने व्यक्तिहरुको स्वास्थ्यमाथि ध्यान केन्द्रित गर्‍यो।
 
यहाँ बस्ने केही व्यक्तिले बिबिसीलाई बताएअनुसार यस क्षेत्रमा नयाँ रोग महामारीजस्तै फैलिएपछि धेरै मान्छेले आफ्नो परिवार र बालबच्चासहित आत्महत्या गरे।
 
१९८० को अन्त्यतिर नेवादा-सेमिप्लाटिस्क परमाणुरोधी अभियान सुरू भयो र परमाणु परीक्षणमा रोक लगाइनु पर्ने माग हुन थाल्यो।
 
कवि ओल्जास सुलेमानोव र कारिप्बेक कुयुकोव यो अभियानसित जोडिएका दुई महत्त्वपूर्ण अभियन्ता थिए। यस अभियानले अन्तर्राष्ट्रिय स्तरमा मान्यता पायो। सोभियत संघले सन् १९९० मा १८ मध्ये ११ परीक्षणलाई रद्द गर्नु पर्‍यो।



यहाँ परमाणु बमको ठूलो भण्डार थियो

२९ अगस्त १९९१ मा काजकिस्तानका राष्ट्रपति नुरसुल्तान नजारबायेवले सेमिप्लाटिस्कमा आधिकारिक रुपमा बन्देज लगाए।
 
केही महिनापछि काजकिस्तान स्वतन्त्र भएको घोषणा गरियो। संसारको सबैभन्दा ठूलो परमाणु परीक्षण गरिएको ठाउँको आलोचना भयो। र यस ठाउँलाई परीक्षणका रुपमा लिइयो ।
 
सरकारको निवेदनलाई स्वीकार गर्दै संयुक्त राष्ट्रले अगस्त २९ मा 'इन्टरनेसनल डे अगेन्स्ट न्यूक्लियर टेस्टिङ' का रुपमा मनाउने निर्णय गर्‍यो।
 
संयुक्त राष्ट्रमा काजकिस्तानका स्थायी राजदूत कैरात अब्द्रखमानोफका अनुसार सोभियत सेना यहाँबाट गएपछि यहाँ ११० मिसाइल र १२०० परमाणु बम थिए।
 
सोभियत सेना बाहिरिएपछि त्यसको सीधा असर सेमिप्लाटिस्क क्षेत्रको सामाजिक, आर्थिक व्यवस्थामा पर्‍यो। यस क्षेत्रको सुरक्षा जिम्मेवारी काजकिस्तानका ५०० सेनालाई दिइयो।

 
सेना हटेपछि सरसामानको चोरी बढ्यो
 
यस क्षेत्रमा छोडिएका सामानहरु बिक्री गर्न थालियो। सन् १९९३ मा 'द पलिगन'मा निर्देशकलाई सैन्य सामानको चोरी गरेको आरोपमा बर्खास्त गरियो।
 
परमाणु परीक्षण बन्द गरिए पनि यहाँ देखिएको स्वास्थ्य समस्या भने यथावत् नै रह्यो। पलिगनको अवस्था हिरोसिमाभन्दा बढी भयावह थियो।
 
विकीरणमा काम गरिरहेका शोधकर्ता तलगत मुल्दागलिवले बिबिसीलाई बताए, 'पलिगनको अवस्था चेर्नोबिल अथवा हिरसिमाको भन्दा पनि भयावह थियो। हिरोसिमामा एउटा मात्रै विस्फोट गरियो तर यहाँका मान्छेहरुले बारम्बार परमाणु विस्फोटको पीडा झेल्नु पर्‍यो।'
 
सेमिपलाटिस्कमा सयौँ परमाणु विस्फोट गरिएको कुरा मुल्दागलिवले बिबिसीलाई सुनाए।
 
'द पलिगन' मात्रै परमाणु परिक्षणको आतङ्क खेपेको ठाउँ होइन। शीतयुद्धको बेलामा सोभियत रूससमेत अमेरिका, फ्रान्स र ब्रिटेन पनि अर्को ठाउँमा आफ्नो परमाणु प्रविधिलाई बलियो पार्नको लागि परीक्षण गरिरहेका थिए।
 
लास वेगासबाट १०५ किलोमिटर टाढा नेवादा उत्तर अमेरिकाको लागि यस्तो ठाउँ थियो। ३५०० वर्ग किलोमिटर क्षेत्रफल भएको यस क्षेत्रमा अमेरिकी सेनाले १९५१ बाट १९९२ को बीचमा ९२८ परमाणु परीक्षण गरेको थियो। यीमध्ये ८०० परीक्षण जमिनमुनीबाट गरिएको थियो।
 
तर यी परीक्षणपछि उठेको धुँवा १५० किलोमिटर टाढासम्म देखिएको थियो। यो ठाउँ धेरैपटक मिडियाको आकर्षण केन्द्र बन्यो।
 
हावाका माध्यमबाट फैलिएको विकीरणको असर लास वेगास नजिकै युटामा रहने व्यक्तिहरुमा परेको थियो।
 
स्वास्थ्य अधिकारीका अनुसार १९५० देखि १९८० को बीचमा मान्छेहरुमा ब्लड क्यान्सर, थाइराइड क्यान्सर, ब्रेस्ट क्यान्सर र ब्रेन ट्युमरको समस्या बढेको देखिन्छ।
 
कोलोराडो स्वास्थ्य विभागका पूर्व निर्देशक डाक्टर कार्ल जे जनसनका अनुसार १९५७ देखि १९६२ का बीचमा कोलोराडोका जेफरसन काउन्टीमा ब्लड क्यान्सरबाट मर्ने बालबच्चाको सङ्ख्यामा वृद्धि  भएको थियो।

 
अन्य देशहरुले पनि गरे सयौँ परीक्षण
 
सेमिप्लाटिस्क र नेवादाका अतिरिक्त शीतयुद्धका क्रममा रूसको न्यू जेम्ला र पेसिफिक द्वीपमा सबैभन्दा धेरै परीक्षण गरिएको थियो।
 
रूसको आर्कटिक इलाकेमा सन् १९५५ देखि १९९० को बीचमा २२४ वटा परीक्षण गरियो।
 
२० अक्टुबर १९६१ मा यहाँ जारबम बिस्फोट गरियो। जुन ५७ मेगाटनभन्दा बढी शक्तिशाली थियो। यो मानव इतिहासको सबैभन्दा भयानक विस्फोट मानिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell