PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक, उम्मेद्वारको मनोनयन बैशाख १६ गते



रमेश वाग्ले

​स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक, उम्मेद्वारको मनोनयन बैशाख १६ गते

काठमाडौँ : निर्वाचन आयोगले आगामी बैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको आज बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
 
स्थानीय तह निर्वाचन २०७४ को कार्यतालिका अनुसार आगामी बैशाख १६ गतेबाट निर्वाचनका लागि उम्मेद्वारहरुको मनोनयन दर्ता सुरु हुने छ। त्यसका लागि गाउँपालिका र नगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारीको मनोनयन दर्ता गराउने व्यवस्था आयोगले मिलाउने छ।

त्यसरी दर्ता गरेको उम्मेद्वारीको सूची आयोगले त्यही दिन साँझ पाँच बजे प्रकाशित गर्ने छ। परेका उम्मेद्वारीउपर दावी विरोधका लागि आयोगले १७ बैशाखको समय तोकेको छ।

आयोगले १८ गते उम्मेद्वारी जाँच गर्ने तथा दावी विरोधको छानविन गर्ने कार्यसूची बनाएको छ भने त्यही दिन विहान ११:३० बजेसम्म उम्मेद्वारी फिर्ताका लागि समय तोकेको छ भने साँझ ५ बजे उम्मेद्वारको सूची प्रकाशित गर्ने कार्यसूची छ। यस्तै १९ गते वहान ११ बजे आयोगले उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने छ। त्यही दिन साँझ ५ बजेसम्म आयोगले उम्मेद्वारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने छ।

बैशाख ३१ गते विहान ७ बजे देखि साँझ ५ बजेसम्म आयोगले मतदानका लागि समय तोकेको छ। यस्तो कार्यतालिका- 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell