PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

किन थिएनन् 'नेपाल आइडल'को अडिसनमा मुख्य तीन जज?



पहिलोपोस्ट

किन थिएनन् 'नेपाल आइडल'को अडिसनमा मुख्य तीन जज?

काठमाडौं: अन्तर्राष्ट्रिय आइडल सिरिजको नेपाल संस्करण ‘नेपाल आइडल’का लागि तीन निर्णायक देखिए। गायिका इन्दिरा जोशी, गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा, संगीतकार न्ह्यु बज्रचार्य निर्णायकका रुपमा प्रचार प्रसारकै क्रमबाट देखिए। नेपाल आइडल युनिटले काठमाडौं बाहिरको अडिसनमा पनि यिनै जज देखिए। तर शनिबार जावलाखेलमा काठमाडौंको पहिलो अडिसन समापन भएसँगै प्रतियोगिताका लागि सहभागी भएकाले गुनासो र टिका टिप्पणी सुरु गरे।

प्रतियोगितामा भाग लिएकी नवीना नेपालको प्रश्न थियो, प्रचारमा ज-जसलाई निर्णायकका रुपमा देखाइएको थियो उनीहरु अडिसनमा किन देखिएनन्? 

नवीनाको गुनासो स्वाभाविक हो किनकी काठमाडौंका लागि भएको शनिबारको अडिसनमा निर्णय सुनाउनेमा इन्दिरा जोशी, कालीप्रसाद बास्कोटा, न्ह्यु  बज्रचार्यमध्ये कोही पनि थिएनन्। प्रतियोगीहरु अन्य गीतकार, संगीतकारहरुद्वारा छानिए।

किन भयो त्यस्तो?

नेपाल आइडलका लागि काठमाडौंअघि ६ सहरबाट प्रतियोगी छानिएका छन्। ती सबैको छनोट पनि देखिएका मुख्य तीन निर्णायकबाहेक अन्य निर्णायकबाट भएको हो। प्रतियोगिताका लागि निर्माता रहेका म्युजिक भिडियो निर्देशक बिशाल भण्डारीका अनुसार यो प्रिजजमेन्टल राउन्ड हो। र यो राउन्ड अन्तर्राष्ट्रिय आइडल सिरिजको हरेक संस्करणको नियमअन्तर्गत पर्छ।'

भने,'कलेज भर्ना हुनुअघि दिनुपर्ने इन्ट्रान्स परीक्षाजस्तै हो प्रिजजमेन्टल राउन्ड। यस राउन्डमा सामान्यतया स्वर र म्युजिक सेन्स जज हुन्छ। र यो नेपाल आइडल मात्र होइन पप आइडल, अमेरिकन आइडल, इन्डियन आइडल सबैमा हुन्छ।'

यो राउन्डबारे भने प्रतियोगिलाई पूर्व सूचना दिइँदैन। रोशनले भने,'कार्यक्रमलाई नियन्त्रित बनाउने नीति हो।'

प्रिजजमेन्ट राउन्डबाट छानिएकाहरु मुख्य तीन निर्णायककोमा पुग्छन्। प्रिजजमेन्ट राउन्डपछिका अङ्कहरु मात्र टेलिभिजन मार्फत प्रस्तुत हुन्छन्।

व्यवस्थापनको हिसाबले प्रिजजमेन्टल राउन्ड राखे पनि काठमाडौंमा सहभागीको भीड सम्हाल्न गाह्रो भएको प्रतियोगिताका लागि प्रतिनिधि सुरेश दुलालले बताए। भने,'शनिबार र आइतबार दुई दिनमा करिब सात हजारको सहभागिता रह्यो। स्वयंम सेवक र पुलिसको निगरानी रहँदा रहँदै पनि भीड व्यवस्थापन गाह्रो भयो।'

करिब सात हजार प्रतियोगिबाट ३५० जना छानिए। र मुख्य तीन निर्णायक सामु प्रस्तुति दिएपछि काठमाडौंको अडिसन समापन हुन्छ। सुरेशका अनुसार बुधबारसम्ममा पहिलो चरणको अडिसन समापन हुन्छ।

मोफसलमा नेपालगन्ज, पोखरा, बुटवल, नारायणघाट, वीरगञ्ज, विराटनगरमा प्रतियोगिताको अडिसन भयो। ती सहरहरुबाट अर्को चरणको प्रतियोगिताका लागि १०५ सहभागी छानिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell