PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फ्युज मेसिन्सले २५ लाखको आर्टिफिसियल इन्टेलिजेन्स छात्रवृत्ति दिने, यस्तो छ छात्रवृत्ति प्याकेज



पहिलोपोस्ट

फ्युज मेसिन्सले २५ लाखको आर्टिफिसियल इन्टेलिजेन्स छात्रवृत्ति दिने, यस्तो छ छात्रवृत्ति प्याकेज

काठमाडौं : न्युयोर्कस्थित टेक्नोलोजी कम्पनी फ्युज मेसिन्सले नेपाली विद्यार्थीलाई २५ लाख मूल्य बराबरको आर्टिफिसियल इन्टेलिजेन्स छात्रवृत्ति प्रदान गर्ने भएको छ। २०१७ देखि सुरु हुने यस छात्रवृति कार्यक्रम एक वर्षसम्म लागू हुने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा छ।
 
नेपाली सफ्टवेर इन्जिनियरलाई आर्टिफिसियल इन्टेलिजेन्स, न्याचुरल ल्याङ्गवेज प्रोसेसिङि र मेसिन लर्निङ्गजस्ता प्रविधिमा दक्ष बनाउन यो कार्यक्रम ल्याइएको कम्पनीले जानकारी दिएको छ।
 
फ्यूज मेसिनले यो कार्यक्रम अमेरिकास्थित विभिन्न टेक्नोलोजी संस्थासंगको साझेदारीमा ल्याउन लागेको हो। छात्रवृत्ति कार्यक्रममा छनोट हुने विद्यार्थीले सेल्फ ड्राइभिङ कार, ड्रोन डेलिभरि, अटोमेटेड डाइलग सिस्टमजस्ता प्रोजेक्टमा सहभागी हुन पाउनेछन्।
 
छात्रवृत्ति कार्यक्रम कम्प्युटर साइन्स तथा इन्फोर्मेसन टेक्नोलोजी अध्ययन गरिरहेका  विद्यार्थीका लागि उपयुक्त हुनेछ।
 
छनोट प्रक्रिया पूर्णरुपमा योग्यता र आर्टिफिसियल इन्टेलिजेन्स विषयको लगावका आधारमा गरिने कम्पनीले जानकारी दिएको छ। निवेदन दिने विद्यार्थीका लागि न्याचुरल ल्याङ्गवेज प्रोसेसिङि, मेसिन लर्निङ्ग, सेम्यान्टिक्स्, टेक्सटुअल इन्टलमेन्ट र कम्प्युटर भिजनमा रुचि हुन आवश्यक रहेको कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ। छनोट हुने हरेक २५ विद्यार्थीलाई मेन्टरसँग साझेदार गराएर  छात्रवृत्तिको तालिकाअनुसार आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी प्रोजेक्टमा सहभागी गराइनेछ।
 
सन् २०१२ मा स्थापना भएका 'फ्यूज मेसिन्स्'मा न्यूयोर्क, क्यानडा र नेपाल गरी १४० भन्दा बढी कर्मचारी कार्यरत छन्। विगत ४ वर्षदेखि कम्पनीले उपभोक्ता र व्यापारमा हुने समस्या समाधान गर्न जटिल आर्टिफिसियल इन्टेलिजेन्स प्रोडक्टहरु निरन्तर रुपमा बनाइराखेको छ। अहिले फ्यूज मेसिन्समा कार्यरत सफ्टवेर इन्जिनियर मेसिन लर्निङ्ग, डाटा साइन्स र न्याचुरल ल्याङ्गवेज प्रोसेसिङिमा दक्ष छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell