PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​फोटोमा हेर्नुस्, प्रधानमन्त्री कार्यालयमा प्रचण्डको व्यस्त दिन

​फोटोमा हेर्नुस्, प्रधानमन्त्री कार्यालयमा प्रचण्डको व्यस्त दिन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै शब्दमा सोमबार ऐतिहासिक दिन बन्यो। प्रचण्डले सोमबार  मन्त्रिपरिषद्को तीन वटा बैठक राखे।

हिजो बैठकबाट उनले मधेसमा स्थानीय तहको संख्या बढाउने निर्णय लिए। अनि संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने विषय आत्मसाथ गरे। दोश्रो बैठक भने उनले प्राविधिक काममा खर्चिए।

प्याब्सनको १३ औँ बार्षिक साधारणसभामा आजै निर्वाचनको मिती घोषणा गर्छु भन्दै बाहिरिएका प्रचण्डले दिन प्रधानमन्त्री कार्यालयमा बिताए। उनले दोश्रो बैठकबाट सचिव सरुवा देखि राजदूत नियुक्ति निर्णय गरे।

निर्वाचनको मिति घोषणा भएर आचारसंहिता लागू भएपछि नियुक्ति र सरुवा बढुवा सम्भव थिएन। झण्डै चार घण्टा लामो चलेको मन्त्रिपरिषद्ले प्राविधिक काम र राजनीतिक नियुक्तिमा बितायो।

फोटो : दिनेश श्रेष्ठ/प्रधानमन्त्री कार्यालय

तेश्रो मन्त्रिपरिषद् बैठक अघि भने प्रधानमन्त्रीले निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादव सहितका आयुक्तहरुसँग भेटघाट गरे। उनले मिति र आयोगको आवश्यकताबारे सोधे।

साँझ ७ बजे सुरु भएको मन्त्रिपरिषद्को तेश्रो बैठक पौने ९ बजे सकियो। प्रधानमन्त्री कार्यालयबाट बालुवाटार निवास जान निस्किएका प्रचण्ड थकित देखिन्थे। तर निर्वाचनको घोषणा लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनका लागि भएको बताउन भुलेनन् उनले।

 


ट्रेन्डिङ पोस्ट

Ncell