PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​चुनाव मिति घोषणामा एमालेको ग्रिन सिंग्नल : संविधान संशोधन प्रक्रियामा लचक हुने संकेत



पहिलोपोस्ट

​चुनाव मिति घोषणामा एमालेको ग्रिन सिंग्नल : संविधान संशोधन प्रक्रियामा लचक हुने संकेत

काठमाडौः प्रमुख प्रतिपक्षी एमालेले सरकारले गरेको स्थानीय चुनावको मिति घोषणालाई स्वागत गरेको छ। तत्काल चुनावको घोषणा गर्न आफूहरुले माग गरिरहेको भन्दै सरकारले गरेको मिति घोषणालाई उसले ग्रिनसिग्नल दिएको हो।

पहिलोपोस्टसँग कुरा गर्दै एमाले उपाध्यक्ष भीम रावलले सरकारले स्थानीय चुनाव घोषणा गर्नु सकारात्मक भएको बताए। 'सरकारले चुनाव घोषणा गरेपछि अब स्थानीय तहको संख्या र सीमा आयोगलाई दिनुपर्ने हुन्छ,' रावलले भने, 'स्थानीय तह पुनसंरचना आयोगले दिएको सिफारिसलाई कार्यान्वयन गर्नेगरी सरकारले तत्काल प्रतिवेदन अनुमोदन गरी निर्वाचन आयोगलाई दिनुपर्छ।'

उनले एमालेले सरकारले चुनावको मिति घोषणा गरे पनि त्यसलाई तदारुकताका साथ अघि बढाउँछ बढाउँदैन भनेर निगरानी गर्ने बताए।

संविधान संशोधनको प्रक्रियामा लचिलो

संविधान संशोधन विधेयकमा सरकारलाई रेड सिग्नल दिइरहेको एमालेले निर्वाचन मिति घोषणापछि लचक देखिएको छ। उपाध्यक्ष रावलले संविधान संशोधनलाई एमालेले राष्ट्रहित विपरित भएकाले समर्थन नगर्ने तर प्रक्रिया अघि बढाउने विषयमा लचक हुनसक्ने बताए।

'संविधान संशोधन विधेयकलाई एमालेले राष्ट्रहित विपरित भनेको छ, त्यसमा एमालेको अडान कायम छ,' रावलले भने, 'तर संविधान संशोधन विधेयक संसद्‍मा आइसकेको छ, त्यसलाई प्रक्रियामा कसरी लैजाने भनेर सरकारले निर्वाचनका विषयमा हामीलाई आश्वस्त पारेपछि हामी एउटा निर्णयमा पुग्छौ।'
यस अघी एमालेले संविधान संशोधन विधेयक राष्ट्रघाति भन्दै संसदमा प्रस्तुत गर्न समेत नदिने घोषणा गरेको थियो। गत मंसिर १४ मा संशोधन विधेयक दर्ता भए पनि एमालेले ४२ दिन सम्म १२ वटा संसद्का बैठक अबरुद्ध पारी संसद्मा प्रस्तुत गर्न रोकेको थियो। 
सरकारले संसद्मा रहेको संविधान संशोधन विधेयकमाथि भोलीदेखि छलफल गराउने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell