PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

हतियारसहित आएका भारतीय सुरक्षाकर्मीले कल्भर्ट निर्माणमा रोक लगाए



रासस

कञ्चनपुर : कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजारको बसईतर्फ जाने बाटोमा निर्माण भइरहेको कल्भर्ट भारतीय सुरक्षाकर्मीको अवरोधका कारण रोकिएको छ।
 
कल्भर्ट निर्माण कार्य भइरहेका बेला दुई दिनअघि एक दर्जनको हाराहारीमा हतियारसहित आएका भारतीय सुरक्षाकर्मीले निर्माणस्थल भारततर्फ पर्ने भएकाले तत्काल निर्माण कार्य बन्द गर्न लगाएको नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले बताए।

नेपाल भारत सीमाक्षेत्रभन्दा १०० मिटर परको नेपाली भू–भागमा कल्भर्ट निर्माण कार्य भइरहेको नगरपालिकाले जनाएको छ।
 
यससम्बन्धी सीमावर्ती भारतीय सुरक्षाकर्मी र सम्बन्धित अधिकारीसँग छलफल गर्नका लागि नगरपालिकाका कार्यकारी अधिकृत र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका अधिकारीसहित टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell