PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

अब आकाशबाटै कारमा यात्रा गर्न सकिने, हेर्नुस्, आकाशमा उड्ने चिनियाँ हाइब्रिड कार



पहिलोपोस्ट

अब आकाशबाटै कारमा यात्रा गर्न सकिने, हेर्नुस्, आकाशमा उड्ने चिनियाँ हाइब्रिड कार

दुवई : अब दुबईको आकाशमा कार उड्ने भएको छ। संयुक्त अरब इमेरेट्स पर्यटकीय तथा व्यापारिक हवको रुपमा विकास भएको दुवर्इको आकाशमा चिनियाँ कम्पनीले बनाएको हाइव्रिड कारको सफलतापूर्ण परीक्षण भएको छ।
 
चिनियाँ कम्पनीले निर्माण गरेको प्रोटोटाइप हाइव्रिड हुभर ट्याक्सी दुवर्इमा आगामी जुलाईभित्र हवाई सवारी साधन चलाउने लक्ष्यका साथ परीक्षण गरिएको हो।
 
सन् २०३० सम्म दुवईमा मास ट्रान्सपोर्टलाई आधा बनाउने लक्ष्यका साथ स्वचालित एक सिट क्षमताको यो ट्याक्सीलाई परिक्षण गरिएको हो। 'इहाङ १८४' नामको यो ट्याक्सी १ सय किमी प्रतिघण्टाको गतिमा अधिकतम तीन सय मिटरसम्मको उचाइमा उड्न सक्ने जनाइएको छ।


 उक्त ट्याक्सीमा उड्नका लागि यात्रुले कहाँ जाने हो उक्त स्थान छानेमात्र पुग्छ। त्यसपछि जमीनमा रहेको कन्ट्रोल सेन्टरलेले त्यसको अपरेट गर्छन्। यो ट्याक्सीलाई चिनियाँ ड्रोन उत्पादन गर्ने कम्पनी 'इहाङ'ले बनाएको हो।
 
यसलाई दुई घण्टा चार्ज गर्दा ३० मिनेटसम्मको दुरी पार गर्न सक्ने कम्पनीले जनाएको छ।
 
दुवईमा हुने ट्राफिकको समस्यालाई हल गर्न यो हवाई ट्याक्सीले महत्वपूर्ण भूमिका खेल्ने दुवईका ट्रान्सपोर्टेसन विभागका प्रमुख मेटार अल टइरले बताए। यो उड्ने ट्याक्सीमा ड्रोन क्यामेरामा जस्तै आठवटा पखेटा हुनेछन् र यसमा उच्चतम प्रविधियुक्त सेन्सर प्रयोग गरिएको हुनेछ।
 
यो ट्याक्सीलार्इ उच्च तापक्रमले पनि कुनै किसिमको असर नहुने गरी डिजाइन गरिने टइरले बताए।
 
युएईले आफ्नो मुलुकलाई ‘सेल्फ ड्राइभिङ ट्रान्सपोर्ट सिस्टम’ मा लैजाने योजनाअनुसार यस्तो कारको निर्माण गरेको जनाएको छ। जसअनुसार गत नोभेम्वरमा अमेरिकन कम्पनी हाइपरलुपलाई हवाइ ट्याक्सीका लागि विस्तृत अध्ययन गराएर काम अगाडि बढाउन थालिएको थियो।
  
संसारको सबैभन्दा अग्लो टावर बुर्ज खालिफा रहेको युएईले पर्यटकलाई आकर्षित गर्नका लागि पनि यो प्रविधि अपनाएको हुनसक्ने जनाइएको छ। सन् २०१६ मा दुवईमा कुल एक करोड ५० लाख पर्यटक दुवई घुम्न गएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell