PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बैतडीमा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध



रासस

बैतडीमा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध

बैतडी : जिल्लाको कुवाकोटमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका करिब एक दर्जन गाविसका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन्।
 
कुवाकोट–३ मा रहेको नेपाल टेलकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका अधिकांश गाविसमा जिएसएम नमस्ते सेवा अवरुद्ध भएको हाट स्वास्थ्य चौकीका प्रमुख विनोद कुँवरले जानकारी दिए।
 
विगत एक महिनादेखि घाम लागेको समयमा लाइन आउने साँझ बिहान मोबाइल सेवा अवरुद्ध हने गर्दछ उनले भने 'बादल लागेको दिन त फोनै लाग्दैन,' हाट एक महिनादेखि मोबाइलमा लाइन आउने जाने क्रम चलेपछि हैरान बनाएको समेत कुवाकोटका रामप्रसाद पन्तले बताए।
 
टेलिकमलाई टावर मर्मतको लागि आग्रह गर्दा समेत कुनै सुनुवाइ नभएको कुवाकोट–२ सल्लेली गाँउका मानबहादुर साउदले बताए। टावरमा खराबी आएपछि कुवाकोट, हाट, मल्लादेही, न्वादेउ, भटना, महादेवस्थान, भूमिराजलगायतका एक दर्जन गाविसका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell