PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

'गणतन्त्र दिवसकै दिन संविधान जारी हुन्छ'



'गणतन्त्र दिवसकै दिन संविधान जारी हुन्छ'

जाजरकोट : नेकपा (एमाले)का वरिष्ठ नेता  माधवकुमार नेपालले अहिलेसम्म मुलुकले ३० दलीय मोर्चाका कारण संविधान पाउन नसकेको बताएका छन्।
 
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सहमति र सहकार्यको बाटोमा हिँड्न नसक्ने माओवादी र मधेसवादी दलले सङ्घीयताका बारेमा असम्भव मुद्दाहरु उठाएर संविधानसभा लामो समयसम्म बन्दी बनाएको आरोप लगाए।
 
एमालेले छलफल, संवाद र सहमतिको कुरा ल्याए पनि मधेसवादी दल र एमाओवादी टेडो गरेको उनले बताए। जसले जे भने पनि अहिले दलहरुका बीचमा छलफलको सुरु भएकोले आगामी जेठ १५ गते संविधान जारी हुने सम्भावना बढेर गएको जिकिर गरे।
 
नेकपा एमाले जाजरकोटले आज खलङ्गामा आयोजना गरेको सभामा बोल्दै नेता नेपालले माघ ८ गते नेपाली जनतालाई संविधान दिन नसकेको भन्दै जेठ १५ गते गणतन्त्र स्थापना दिवसका अवसर पारेर संविधान जारी गर्ने गरी दलहरुका बीचमा छलफल अघि बढिरहेको  बताए। -रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell