PahiloPost

Jun 24, 2026 | १० असार २०८३

५४ वर्ष भारतमा अड्किएका आफ्ना सैनिकलाई चिनियाँ अधिकारीले भेटे



बाटो भुलेर भारतीय भूमिमा आइपुग्दा ५४ वर्षसम्म भारतमै अड्किएका चिनियाँ सैनिक वाँग छिसँग भारतमा रहेका चिनियाँ कूटनीतिज्ञले भेट गरेका छन्। भारतमा रहेको चिनियाँ दूतावासका अधिकारीले उनी बस्दै आएको तिरोडीमा पुगेर उनीसँग भेटेका गरेका हुन्। दूतवासका अधिकारीले उनलाई चीन फर्कन आवश्यक सहयोग गर्ने वाचा गरेपछि ५४ वर्षपछि आफ्नै देश फर्कन पाउनेमा उनी आशावादी देखिए।


भारत-चीन लडाइँको बेलामा उनी बाटो भुलेर भारत आइपुगेका थिए। भारतीय भूमिमा चिनियाँ सैनिक फेला परेपछि उनी पक्राउ परे। उनीविरुद्ध मुद्दा चल्यो र सजायसमेत भयो। सजाय पूरा भएपछि उनलाई तिरोडीमा लगेर छाडियो। अहिले उनी त्यहीँ छन्। उनले भारतीय महिलासँग विवाह गरेका छन्।

बिबिसी हिन्दीले उनीबारे समाचार प्रकाशित गरेपछि चीनले चासो देखाएको थियो। चिनियाँ नयाँ वर्षको दिन पारेर भारतमा रहेका चिनियाँ दूतावासका काउन्सलर यान सियाओचे दलबलसहित उपहार बोकेर उनलाई भेट्न गाउँमा पुगेका थिए।



यानले वाँग छिको परिवारका सदस्यसँग कुरा गरेका थिए। उनीसँगै चीनको मिडियाका प्रतिनिधिसमेत थिए। सियाओचेले भारत र चीनबीच राम्रो सम्बन्ध रहेको बताउँदै दुवै देशका अधिकारी बसेर यो समस्या सल्टाउने बताए।

'मेरो अवस्था बुझ्न दूतावासका अधिकारी घरमै आए। उनीहरुले मेरो बारेमा निक्कै चिन्तित रहेको बताए,' उनले भने' मेरो बारेमा भारत सरकारसँग कुरा गरेर आवश्यक कागजपत्र माग्ने र भारत सरकारले सहयोग गरेर चीन लैजाने बताएका छन्।'

आफू चाँडै आफ्नो देश चीन जान पाउनेमा उनी आशावादी देखिएको हिन्दी बिबिसीले जनाएको छ।

५४ वर्षदेखि भारतमा फसेका चिनियाँ सैनिकको कथा पढ्न यहाँ क्लिक गर्नुहोस् !



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell