PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​हिमानी शाहले सनाखत गर्दै छोरी पूर्णिकाको नागरिकता बनाइन्



पहिलोपोस्ट

​हिमानी शाहले सनाखत गर्दै छोरी पूर्णिकाको नागरिकता बनाइन्

काठमाडौं: पूर्वयुवराज्ञी हिमानी शाह सोमबार जिल्ला प्रशासन कार्यालय बबरमहल गएर छोरी पूर्णिकाको नागरिकता बनाएकी छिन्। उनी केही सहयोगीसाथ जिल्ला प्रशासन कार्यालयको कार्यालयमा पुगेर पूर्णीका आफ्नी छोरी भएको सनाखत गरिन्।

उनी १६ वर्ष पुगेको प्रमाणसहित आएको आवेदनसँगै आमा आएर सनाखत गरेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले हस्ताक्षर गरेर पूर्णिकालाई नागरिकता दिए।  पूर्णीका पूर्व युवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानीकी जेठी छोरी हुन्।


दवाडीले नागरिकता दिँदै गरेको तस्विर फेसबुकमा राखेका थिए। दवाडिका अनुसार पूर्व राजपरिवारले पूर्णीकाको नागरिकताका लागी सोमबारनै निवेदन दिएका थिए।

निवेदन अनुसार नागरिकतामा आमा हिमानी र बाबु पारसको नाम लेखेर आमा हिमानीमार्फत सनाखत गराएर नागरिकता दिएको उनले पहिलोपोस्टलाई जानकारी दिए।


'अन्य सामान्य नागरिकले जसरी नागरिकता लिन्छन् उहाँहरुले पनि ति सबै प्रकृया पुरा गरेर कार्यालयमै आएर नागरिकता लिनुभयो, यो सकारात्मक हो' उनले भने ।

फोटो : हिमनाथ दवाडी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell