PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​नेपालको पहिलो पेमेन्ट गेटवे इसेवा आठौँ वर्षमा प्रवेश, इसेवाको सेवा लिने ५० लाख बढी



​नेपालको पहिलो पेमेन्ट गेटवे इसेवा आठौँ वर्षमा प्रवेश, इसेवाको सेवा लिने ५० लाख बढी

काठमाडौँ : नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी “इसेवा फोन पे प्रा.लि.” आठौँ वर्षमा प्रवेश गरेको छ। २०६६ सालमा मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा लिएर स्थापना भएको इसेवा बुधवारबाट आठौँ वर्षमा प्रवेश गरेको हो।

आठ वर्षको अवधिमा इसेवाबाट प्रत्यक्ष–अप्रत्यक्ष रुपमा ५० लाख बढीले सेवा लिइरहेको कम्पनीले दावी गरेको छ। मोबाइल तथा इन्टरनेटबाट भुक्तानी तथा रकम आदान प्रदान गर्न सकिने सेवा दिइरहेको इसेवाका देशभर २० हजार भन्दा बढि एजेन्ट (इसेवा जोनतथा पोइन्ट) रहेका छन्।

इसेवाको मोबाईल एप्स् प्रयोग गर्नेको संख्या एक लाख ५० हजार नाघेको छ भने इसेवा एकाउन्ट खोलेर कारोबार गर्नेको संख्या ७ लाख बढी रहेको कम्पनीले जनाएको छ।

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली बत्ति, खानेपानीको बिल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सय भन्दा बढी सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ।

आठौँ वर्ष प्रवेश गरेको उपलक्षमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले भने, 'विश्वमा क्यासलेस ट्रान्जेक्सन बढिरहेका बेला नेपालमा पनि यसले गति लिइरहेको छ। नोटको प्रयोग घटाउने सरकारको नीतिलाई सफल बनाउने र मोबाइल वित्तीय सेवालाई नेपालका दुर्गम क्षेत्रसम्म पुर्याउने अभियानमा सहयोग पुर्याउन पाउँदा हामी गौरवान्वित बनेका छौँँ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell