काठमाडौं : नेपाल र अष्ट्रेलियाबीच आउँदो चैत २८ गते ६३ ओभरको क्रिकेट खेल हुने भएको छ।
अस्ट्रेलियाली क्रिकेटर फिलिप ह्युजलाई श्रद्धाञ्जली स्वरुप हुने खेलको इनिङ ३१ ओभर ३ बलको हुनेछ।
गत मंसिर ११ गते ६३ रन बनाएर खेल्दै गर्दा अष्ट्रेलियाका क्रकेटर ह्युजको निधन भएको थियो। उनको श्रद्धाञ्जलीका लागि खेल खेल्न नेपालले प्रस्ताव गरेको थियो।
क्रिकेट एसोसिएसन नेपाल क्यानले विज्ञप्ति प्रकाशित गरेर त्रिभवुन विश्वविद्यालको मैदानमा खेल हुने जनाएको हो। यसअघि खेल हुने निश्चित भए पनि मिति तय हुन बाँकी थियो।
विश्वकप क्रिकेट प्रतियोगिता सकिए लगत्तै खेलका लागि अष्ट्रेलियाले समय प्रस्ताव गरेको हो। विश्वकप क्रिकेट चैत्र १५ गते सकिदैँछ।
खेल खेल्न अष्ट्रेलियाको ए टिमकै खेलाडी आउने जानकारी अष्ट्रेलिया क्रिकेट बोर्डले दिएको क्यानकी सिईयो भावना घिमिरेले जानकारी दिइन्। यद्यपी को को खेलाडी आउने भन्ने अझै तय नभईसकेको उनले बताइन्।
