PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पिरो खुर्सानी खाँदा आयु बढ्छ,मुटुको रोग र स्ट्रोकबाट हुने मृत्युको जोखिम घट्छ



काठमाडौँ : पिरो खानेकुरा रुचाउनु हुन्छ? भर्खरैको एउटा अनुसन्धानको रिपोर्ट तपाईँका लागि खुसीको खबर हुनसक्छ। रिपोर्ट भन्छ- पिरो खुर्सानीले तपाईँलाई धेरै बाँच्न सघाउन सक्छ।

युनिभर्सिटी अफ भर्मोन्टको लार्नर कलेज अफ मेडिसिनले गरेको बृहत् अनुसन्धानको नजिता हो यो। कम्तिमा १८ वर्ष पुगेका १६ हजार १७९ जनाको २३ वर्षसम्म फलोअप गरी गरिएको अध्ययनको निचोड थियो यो। 

अनुसन्धानकर्ताहरुले सहभागीहरुको पिरो खुर्सानी उपभोग गर्ने बानी र विशेषतासम्बन्धी जानकारीलाई अध्ययन गरेका थिए। 

उनीहरुले पिरो सामाग्री धेरै खानेहरुको एचडिएल कोलेस्टेरोल कम हुने र मुटुको रोग र स्ट्रोकबाट हुने मृत्युको जोखिम १३ प्रतिशतले घट्ने देखियो। 

पिरो खुर्सानी र आयुबीच सकारात्मक सम्बन्ध हुने मुख्य कारण भने अध्ययनकर्ताहरुले ठ्याक्कै पत्ता लगाउन सकेका छैनन्। 

यो अध्ययन प्रतिवेदन प्लस वन जर्नलमा प्रकाशित छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell