PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एकै गाविसका ३५ जनामा फेला पर्‍यो ‘सिकल सेल’



पहिलोपोस्ट

कोहलपुर (बाँके) : बाँकेको टिटिहिरीया गाविसका ३५ व्यक्तिमा ‘सिकल सेल’ रोग देखा परेको छ। कोहलपुरस्थित राष्ट्रिय सेवा दल वार्षिक क्याम्पले आज बाँकेको टिटिहिरिया गाविसमा आयोजना गरेको चेतनामूलक स्वास्थ्य शिविरमा परीक्षणका क्रममा शङ्कास्पद ५३ जनामा गरिएको सिकल सेल स्कीन टेस्टमा ३५ जनामा सो रोग देखिएको भेरी अञ्चल अस्पतालका डा राजन पाण्डेले बताए।

'अधिकाशं थारु समुदायका मानिसमा देखिने उक्त रोग रगत परीक्षणका क्रममा टिटिहिरीया गाविसका युवामा बढी देखियो,' डा पाण्डेले भने, 'जाँच गराउन आउने धेरैलाई यो रोगका विषयमा जानकारी नहुँदा हात दुख्ने खुट्टा दुख्ने लगायतका औषधि सेवन गरिरहेको हामीले पायौँ, बिरामीलाई बताइएको लक्षणअनुसार रगत परीक्षण गर्दा एउटै गाविसका विभिन्न वडाका थारु समुदायका युवामा सिकल सेलको जीवाणु भेटियो।'
 
शिविरमा स्त्री रोग, छाला सम्बन्धी रोग, मद्युमेह, आँखा, साधारण चिकित्सा, हाडजोर्नी तथा शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामी पनि स्वास्थ्य परीक्षणका लागि आएको नेपाली सेनाका चिकित्सक सह–सेनानी डा विश्वराजबहादुर कुँवरले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell