PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​सर्वोच्चका प्रस्तावित दुई न्यायाधीशबिरुद्ध तीनवटा उजुरी दर्ता



पहिलोपोस्ट

​सर्वोच्चका प्रस्तावित दुई न्यायाधीशबिरुद्ध तीनवटा उजुरी दर्ता
तस्विर : ​फाइल

काठमाडौं  सर्वोच्चका लागि प्रस्तावित दुई न्यायाधीशबिरुद्ध संसदीय सुनुवाई विशेष समितिमा तीन वटा उजुरी परेका छन्। पुस २१ गतेदेखि सार्वजनिक सूचना जारी गरी उजुरी माग भएकोमा दश दिनको समयसीमामा तीन उजुरी प्राप्त भएका हुन्।

न्याय परिषदको निर्णयअनुसार प्रस्तावित न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संसदीय सुनुवाई प्रक्रिया सुरु समितिले गरेको हो। समितिमा पुस १९ गते भएको परिषदको पत्र अनुसार पुस २१ बाट समितिले उजुरी आह्वान गरेको थियो।

समितिले प्राप्त उजुरी सार्वजनिक गरेको छैन। प्रस्तावित पदाधिकारीको सुनुवाई कार्यविधि अनुसार उजुरी समितिमा सार्वजनिक हुनेछन्।
समिति सचिव ध्रुवप्रसाद घिमिरेले तीनवटा उजुरी प्राप्त भएपनि सार्वजनिक नभएको बताए। एक दुई दिनभित्रै समिति बैठक आह्वान गरी उजुरी सार्वजनिक गर्ने घिमिरेले बताए।

समितिले प्राप्त उजुरीमा प्रारम्भिक छलफल समितिमा गर्नेछ । उजुरीमा थप अनुसन्धानको आवश्यक परेमा सम्वन्धित उजुरीकर्तासँग पनि छलफल गर्नेछ । उजुरीमा थप छलफल गर्नु आवश्यक नदेखेमा समितिले प्रस्तावित न्यायाधीशलाई सुनुवाईका लागि बोलाउनेछ।

परिषदले पुस १८ गते सर्वोच्चका लागि उच्च अदालत उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तेजबहादुर केसी र पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारीको नाम सिफारिस गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell