PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​विशेषज्ञ चिकित्सक थपिएपछि राप्ती अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराउने बढे



पहिलोपोस्ट

  • बालाराम खड्का 
दाङ : यहाँको अस्पतालमा ६० प्रतिशत बिरामी बढेका छन् । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा टिचिङ हस्पिटल, महाराजगन्जका आवासीय विशेषज्ञ चिकित्सक आएसँगै अस्पतालमा पनि दिनप्रतिदिन सेवा लिने बिरामी सङ्ख्यामा वृद्धि हँुदै गएको अस्पतालले जनाएको छ। 

हाल अञ्चल अस्पतालका बिरामीको भीड लाग्ने गरेको छ। आवासीय विशेषज्ञ चिकित्सकबाट सेवा लिने बिरामीसँगै अन्य बिरामी पनि दिनहुँ बढ्दै गएको अस्पतालले जनाएको छ। अस्पतालमा पहिले दैनिक एकसय बिरामीले सेवा लिने गरेकामा हाल भने दुई सयभन्दा बढी बिरामी वहिरंग सेवा लिन आउने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट चिकित्सक पदमराज अधिकारीले बताए। 

उनका अनुसार हाल अस्पतालमा बालरोग, हाडजोर्नी चिकित्सक पनि करारमा आएका र अन्य आवासीय विशेषज्ञ चिकित्सक आएका कारण बिरामी पनि बढेका हुन्। अस्पतालमा पहिलोपटक सातजना आवासीय विशेषज्ञ चिकित्सक आउनुका साथै हाडजोर्नी, बालरोग विशेषज्ञ चिकित्सक आएको अस्पतालले जनाएको छ। 

‘पहिलेको भन्दा बिरामी ६० प्रतिशतले बढेका छन, आवासीय विशेषज्ञ डाक्टरका साथै अस्पतालमा अन्य डाक्टर पनि आएका कारण बिरामी बढेको होला’, निमित्त अधिकारीले भने। 

अस्पतालमा सबैभन्दा बढी बिरामी हाडजोर्नी र स्त्रीरोगका आउने गरेको पनि बताइएको छ। अस्पतालमा हाडजोर्नी, गाइनो, एनएस्थेसिया, फिजिसियन, बालरोग, मानसिक रोग गरी विभिन्न आवासीय विशेषज्ञ आएका छन्। विशेषज्ञ चिकित्सकको अभावमा बाहिर जान बाध्य भएका बिरामीलाई यहीँ सेवा दिने गरेका कारण पनि बिरामीको संख्यामा वृद्धि आएको बताइएको छ। 

आवासीय विशेषज्ञ चिकित्सक आएसँगै आफूहरुलाई सेवामा सहजता भएको बिरामीले बताएका छन् । ‘हाडजोर्नीको समस्या थियो, कि त नेपालगन्ज कि त यहाँ आउने डाक्टरहरुलाई कुनुपर्ने समस्या थियो तर अञ्चल अस्पतालमै सेवा पाइने रहेछ, हामीलाई धेरै सहज भयो’, तुलसीपुर–२ का रामबहादुर केसीले भने। 
दाङमा मानसिकलगायत अन्य विशेषज्ञ नभएका कारण पनि बिरामी अन्यत्र सेवा लिन जान बाध्य थिए। 

यसैबीच, अन्चल अस्पतालमा सरकारले ल्याएको विस्तारित सेवा पनि सुरु भएको छ । अस्पतालले अब बिहान १० देखि साँझ ५ बजेसम्म सेवा सुरु गरेको अधिकारीले बताए। 

बिहान ११ देखि २ बजेसम्म ओपिडी र २ देखि ५ बजेसम्म सशुल्क विस्तारित सेवाअन्तर्गत क्लिनिक सञ्चालन गरेको बताइएको छ। अस्पतालले विस्तारित सेवाअन्तर्गत क्लिनिक सञ्चालन गरेपनि पैसा तिनुपर्ने भएकाले बिरामी कम आउने गरेको बताइएको छ। 

‘हामीहरुले विस्तारित सेवा पनि सुरु गरेका छौँ, सो सेवामा दिनमा पाँच÷छजना मात्र बिरामी आउनुहुन्छ, त्यही पनि टाढाबाट आउने बिरामी मात्र’, अधिकारीले भने।
 
सो सेवा त्यति प्रभावकारी नभएको पनि बताइएको छ । १० रुपैयाँमा निःशुल्क चेकजाँच हुनेलाई किन चारसय तिर्नुपर्ने भनेर बिरामी पनि चेकजाँच नगराउने समस्या रहेको अस्पतालका एक अधिकारीले भने। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell