PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मेलोडी डान्सबारका कर्मचारीले पर्दामा आगो लगाउँदा रेष्टुरेण्ट पुरै जल्यो



पहिलोपोस्ट

मेलोडी डान्सबारका कर्मचारीले पर्दामा आगो लगाउँदा रेष्टुरेण्ट पुरै जल्यो

काठमाडौं : पुतलीसडकमा रहेको मेलोडी डान्सबारका २ जना कर्मचारीले रेष्टुरेन्टमा आगो लगाएर फरार भएका छन्।

पुतलीसडकमा रहेके डाउन टाउन सुपर मार्केटको पहिलो तलामा रहेके डान्सबारमा सोही रेष्टुरेण्टमा काम गर्ने दिपक र अजयले आगो लगाइदिएका थिए।

प्रहरीका अनुसार उनीहरुले रेष्टुरेण्टको पर्दामा आगो लगाउँदा रेष्टुरेण्ट पुरै जलेर ६ लाखको क्षति भएको छ। स्थानियवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए। प्रहरीले अजय र दिपकको खोजी गरिरहेको जानकारी दिएको छ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell