PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

​महाअभियोग टुंगो नलाग्दै लोकमानले देश छाडे : मंगलबार क्यानडा जाँदै, छोरी पुगिन् अमेरिका



पहिलोपोस्ट

​महाअभियोग टुंगो नलाग्दै लोकमानले देश छाडे : मंगलबार क्यानडा जाँदै, छोरी पुगिन्  अमेरिका

काठमाडौं: भारतको दिल्ली पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की श्रीमती र छोरासँग क्यानडा जाने भएका छन्।

सर्वोच्च अदालतबाट उनी अख्तियारको प्रमुख आयुक्तका लागी अयोग्य ठहर भए पनि संसदमा महाअभियोग प्रस्ताव विचाराधिन छ।
आइतबार दिल्ली पुगेका उनी मंगलबार श्रीमती र छोरो अभ्युदयमानसिंह कार्कीसँग क्यानडा जाने विश्वस्तस्रोतले जानकारी दियो।

सर्वोच्चमा उनको योग्यतासम्बन्धी मुद्दा प्रकृयामै रहँदा ब्यक्तिगत कामका लागि भन्दै राष्ट्रपतिसँग विदा मागेर उनी क्यानडा गएका थिए। उनी स्वेदश फर्किएकै दिन माओवादी केन्द्र र नेकपा एमालेको पहलमा उनीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो।

लाेकमानविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल गर्न अहिले महाअभियोग सिफारिस समितिको बैठक बसिरहेको छ। 

स्रोतका अनुसार उनको छोरी आध्याश्री कार्की र ज्वाई सुवाशिष थपलिया भने अमेरिकाको लसभेगास  पुगिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell