PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

शितल निवासमा पूर्वराजा ज्ञानेन्द्र र राष्ट्रपतिबीच दुई मिनेट कुराकानी



शितल निवासमा पूर्वराजा ज्ञानेन्द्र र राष्ट्रपतिबीच दुई मिनेट कुराकानी

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुसुमको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी भए। मध्याह्न १२ बजेर ३५ मिनेटमा उनी बा ४ च ३८०७ नम्बरको टोयोटा गाडी चढेर शितल निवास पुगे। 

विवाहमा सहभागी पत्रकार किशोर श्रेष्ठका अनुसार पूर्वराजा ज्ञानेन्द्रले वरवधु दुवैलाई फूलको गुच्छा दिएर शुभकामना दिएका थिए। शुभकामना दिएपछि राष्ट्रपति भण्डारी र पूर्वराजा शाहबीच करिब दुई मिनेट कुराकानी भएको थियो।

राष्ट्रपतिसँगको कुराकानीपछि पूर्वराजा शाह बसेकै टेबलमा पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्द, राप्रपा अध्यक्ष कमल थापासँगै बसेका थिए। उनीहरु बीच पनि छोटो कुराकानी भएको थियो। 

पूर्वराजा शाह दिउँसो करिब १ बजेतिर राष्ट्रपति भवनबाट बाहिरिएका दिए। फोटो : किशोर श्रेष्ठको फेसबुकबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell