PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​राहदानीको नवीकरण शुल्क घटाउने सरकारी तयारी



पहिलोपोस्ट

​राहदानीको नवीकरण शुल्क घटाउने सरकारी तयारी

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्लड मनी(हत्या क्षतिपूर्ति), राहदानीको नवीकरण शुल्क घटाउने सरकारले काम गरिरहेको बताएका छन्।
 
‘दसौँ विश्व भविष्य ऊर्जा सम्मेलन’मा भाग लिन संयुक्त अरब इमिरेट्स (युएई) पुगेका उनले अबुधाबीस्थित नेपाली दूतावासमा भएको अन्तक्रिया कार्यक्रममा विदेशमा रहेको नेपालीका समस्या कूटनीतिक र राजनीतिक तवरले सम्बोधन गर्न सरकार लागिपरेको बताएका हुन्।

विदेशमा नेपाली कामदारले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत रहेको उनले बताएका थिए।

राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड दिएको उनले बताए।

प्रधानमन्त्रीको निजी सचिवालयले  दिएको जानकारी अनुसार राष्ट्रिय सहमति बनाएर संविधान कार्यान्वयन गर्नेमा सरकार दृढ रहेको उनको भनाई थियो।

वैदेशिक रोजगारीबाट आएको पुँजीलाई विकास आयोजनामा केन्द्रित गर्न सरकार क्रियसिल रहेको र विकासका कामलाई केन्द्रमा राखेर आयोजनाको अनुगमन गरिरहेको उनले बताएका थिए। 
उनले जलविद्युतको प्रचुर सम्भावना भएर पनि सदुपयोग गर्न नसकेकोमा थकथकी मान्दै अहिले सरकारको ध्यान त्यसमा केन्द्रित रहेको र वैदेशिक रोजगारीबाट आएको पूँजीलाई विकास आयोजनामा केन्द्रित गर्न खोजेको बताएका थिए।

तस्विर : www.cmprachanda.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell