PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दक्षिण एसियाली सेपाकताक्रोमा नेपाल दोस्रो



पहिलोपोस्ट

काठमाडौं : दोश्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपको महिला रेगु स्पर्धामा नेपाल दोश्रो भएको छ।

श्रीलंकाको कोलोम्बोस्थित सेन्ट जोसेफ स्पोर्ट्स कम्प्लेक्समा नेपालले पाकिस्तानलाई २१–५ र २१–४ तथा आयोजक श्रीलंकालाई २१–१२ र २१–१३ ले पराजित गरेको कोलोम्बोबाट राष्ट्रिय खेलकुद परिषद्का प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन्।

पुरुष डबल इभेन्टमा नेपाल फाइनलमा प्रवेश गरेको छ। नेपालले बंगलादेशलाई २१–१४ र २१–१२ को सोझो सेटमा हराउँदै भारतसंग उपाधि भिडन्त पक्का गर्‌यो। महिला डबलमा नेपालले पाकिस्तानलाई २१–११ र २१–१३ तथा श्रीलंकालाई २१–१२ र २१–१५ को सोझो सेटमा हरायो।

पुरुष रेगुमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालले पाकिस्तानलाई २१–७ र २१–७ तथा श्रीलंकालाई २१–१२ र २१–१५ को सोझो सेटमा पाखा लगायो।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तान गरी ५ राष्ट्रको सहभागिता रहेको प्रेस सल्लाहकार दाहालले जानकारी गराए। प्रतियोगिता आइतबार सम्पन्न हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell