PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यी हुन मध्यरातमा उच्च अदालतका लागि सिफरिसमा परेका ८० न्यायाधीश (सूचीसहित)



मनोज सत्याल

यी हुन मध्यरातमा उच्च अदालतका लागि सिफरिसमा परेका ८० न्यायाधीश (सूचीसहित)

काठमाडौं : न्याय परिषद्ले मध्यरातमा ८० उच्च अदालतका न्यायाधीश सिफारिस गरेको छ। न्याय सेवा, सरकारी वकिल र कानुन समुहका कर्मचारीवाट ६० प्रतिशत र अन्य कानुन व्यवासायीवाट ४० प्रतिशत हुनेगरी न्यायाधीश सिफारिस भएका हुन्।

कर्मचारी र कानुन व्यवसायीलाई ६० र ४० को प्रतिशत हुनेगरी सिफारिस भएको न्याय परिषद सदस्य पदमप्रसाद बैद्धिकले जानकारी दिए।
राति झण्डै १२ बजे परिषदले न्यायाधीशको नाम सिफारिस गरेको हो ।

न्याय, कानुन र सरकारी वकिल गरी पाँच विशिष्ठ कर्मचारी पनि न्यायाधीश भएका छन् ।

नायव महान्यायाधिवक्ता राजेन्द्र खरेल, कानुन सचिव टेकप्रसाद ढुंगाना, न्याय परिषद् सचिव कृष्ण गिरी सर्वोच्च अदालतका रजिष्टार श्रीकान्त पौडेलपनि उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन्। यस्तै बेपत्ता पारिएका व्यक्तिको खोजविन आयोगमा सचिव रहेका महेश शर्मा पौडेल पनि न्यायाधीशमा सिफारिस भएका छन्। यस्तै कानुन आयोगका सचिव डा. रवि शर्मा अर्याल पनि न्यायाधीशमा सिफारिस भएका छन्।

सिफारिसमा जिल्ला न्यायाधीशबाट ३४, अवकाश पाएका अतिरिक्त न्यायाधीशबाट दश जना सिफारिसमा परेका छन् । कानुन, न्याय र सरकारी वकिलका प्रथम श्रेणीका कर्मचारीबाट ६ जना र कानुन व्यवसायीवाट २५ जना न्यायाधीशमा सिफारिस भएका छन्।

न्याय, कानुन तथा सरकारी वकिलका सह-सचिव कर्मचारीवाट श्रम अदालतका मुद्दा हेर्ने अधिकारी समेत पुनरावेदन तहका रजिष्ट्रार रहेका धीरबहादुर चन्द, लेखनाथ पौडेल, सर्वोच्चका सहरजिष्ट्रार बिपुल न्यौपानेलगायत उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । नातीवावु लामिछाने, साधुराम सापकोटा पनि न्यायाधीशमा सिफारिस भएका छन्।

परिषद सदस्य बरिष्ठतम न्यायाधीश बैद्यनाथ उपाध्यायले बिहीवारदेखि अवकाश पाउने भएकाले मध्यरातमा न्यायाधीश सिफारिस गरेको हो। उपाध्यायले बिहीवारबाटै अवकाश पाएका छन्। परिषद्को बैठकका कारण उनको औपचारिक बिदाई पनि भएन।

कानुन व्यवसायीवाट दलीय भागबण्डामा २५ जना उच्च अदालतमा न्यायाधीशमा सिफारिस भएका छन्।

न्याय परिषदमा अव बरिष्ठतम न्यायाधीशका रुपमा गोपाल प्रसाद पराजुली सदस्य हुनेछन्। 


सिफारिस भएका न्यायाधीशहरु

बिशिष्ट कर्मचारी

राजेन्द्र सुवेदी
कृष्ण गिरी
श्रीकान्त पौडेल
महेश शर्मा पौडेल
टेक प्रसाद ढुंगाना
 

जिल्ला न्यायाधीशबाट

बालेन्द्र रुपाखेती
अजय राज उपाध्याय
बिनोद मोहन भट्टराई
भोलानाथ चौलागाई
अच्युच बिष्ट
यज्ञराज भट्ट
शेखर प्रसाद पौडेल
बालचन्द्र शर्मा
इश्वरराज आचार्य
रामप्रसाद अधिकारी
गोपाल भट्टराई
रामप्रसाद ओली
जगतप्रसाद श्रेष्ठ
नारायणप्रसाद श्रेष्ठ
नारायणप्रसाद पोखरेल
भोजराज अधिकारी
रमेश कुमार खत्री
दयानाथ खरेल
शेरचन्द्र अर्याल
शालीग्राम कोइराला
बिष्णु प्रसाद कोइराला
लक्ष्मीकृष्ण श्रेष्ठ
कृष्णकमल अधीकारी
चिन्तामणि बराल
अनन्तराज डुम्रे
राजेन्द्र खरेल
ठाकुरप्रसाद शर्मा पौडेल
हरि प्रताप केसी
कृष्णबहादुर थापा
अच्युतप्रसाद भण्डारी
ऋषिप्रसाद अधिकारी
बलभद्र बास्तोला
टकनारायण कुँवर
चन्द्र बहादुर सारु
 

अवकाश पाएका अतिरिक्त न्यायाधीशबाट

रमेश कुमार पोखरेल
अग्निप्रसाद थपलिया
ऋषिराम दवाडी
नित्यानन्द पाण्डे
राजेश्वर तिवारी
निदेशप्रसाद यादव
कृष्णलाल भट्टराई
नरबहादुर शाही
शान्तिसिंह थापा
यमुना भट्टराई
 

सह-सचिवबाट

धीर बहादुर चन्द
लेखनाथ पौडेल
बिपुल न्यौपाने
नातीबावु लामिछाने
डा. रवि शर्मा अर्याल
साधुराकम सापकोटा
 

कानुन व्यवसायी

गणेश प्रसाद बराल
सीताराम मण्डल
सुदर्शन देव भट्ट
सुवास पौडेल
जनक पाण्डे
बामदेव ज्ञवाली
श्यामजी प्रधान
गोकर्ण डाँगी
बासुदेव आचार्य
सुशीप्रसाद थारु
मुनेन्द्रप्रसाद अवस्थी
मदन पोखरेल
शान्ता सेढाइ सापकोटा
ध्रुवराज नन्द
दुर्गा बहादुर विश्वकर्मा
टंक प्रसाद गुरुङ
हरिप्रसाद पौडेल
राकेशकुमार निधि
तेज नारायण सिंह राई
बविता उप्रती
राम बहादुर थापा
शकुन्तला घिमिरे
नसरुल्लाह अन्सारी
दीपेन्द्र बहादुर बम
राज्यलक्ष्मी बज्राचार्य
 

तस्विर : नेपालकानुन डटकम 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell