PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ट्विटरमा विजयकुमारको 'सुमन भाइ'



ट्विटरमा विजयकुमारको 'सुमन भाइ'

काठमाडौँ : सञ्चारकर्मी विजयकुमारले मंगलबार बिहानै फेरि 'सुमन भाइ' लाई चर्चामा ल्याइदिए। 

टेलिभिजन अन्तर्वार्ताबाट सेलिब्रिटी बनेका विजयकुमारले हालै युट्युबमा आफ्नै च्यानल दिशानिर्देश खोलेका छन्। सोमबार उनले आफ्नो च्यानलमा उपप्रधानमन्त्री विमलेन्द्र निधिको अन्तर्वार्ता राखे।

त्यसमा उनले 'ब्रेकिङ न्युज' लेखेका थिए। दर्शकहरुले 'ब्रेकिङ' चाहिँ किन लेख्नु भनेर ट्विटरमा प्रश्न उठाएपछि आज बिहान ८ बजे ट्विट गर्दै उनले स्पष्टीकरण दिए र अन्तिममा लेखे- बुझ्यौ सुमन भाइ !

 

के हो सुमन भाइ?

सुमन भाइ पछिल्‍लो समय इन्टरनेट प्रयोगकर्ताहरुले जिस्काउन र उडाउन प्रयोग गर्ने गरेको शब्द हो। सञ्चारकर्मी सुमन खरेलले कञ्‍चन शर्मा रेग्मीसित लिएको अन्तर्वार्ताका तथ्यहरु पछि गलत देखिए जसका कारण सुमनले माफी समेत माग्नुपर्‍यो। सो बहुचर्चित अन्तर्वार्तामा कञ्चनले बारम्बार सुमन भाइ, सुमन भाइ भन्ने गर्छिन्। यसैलाई लिएर इन्टरनेट प्रयोगकर्ताले एक अर्कालाई उडाउन सो कार्यक्रममा वाचित गजल 'नखुलेको आकाश खुलेर आयो' र 'सुमन भाइ' प्रयोग गर्ने गर्छन्।

प्रतिक्रिया : विजय दाइ  

एक टेलिभिजनकर्मीले अर्का टेलिभिजनकर्मीलाई उडाउन सुमन भाइ प्रयोग गरेको थाहा पाएपछि केही प्रयोगकर्ता ट्विटरमा उत्रिहाले। सुदिन पोखरेलले लेखे, 'गल्ती सबै पत्रकारबाट हुन्छ र भैरहनेछ विजय दाइ 
प्रवीण विक्रमले लेखे, गल्ती विजय दाइबाट चाहिँ नभएको हो र ?
शरदराज पाठकले लेखे, 'तपाईं जस्तो अग्रजले पनि इन्टरनेट ट्रोलहरूले जस्तै 'सुमनभाइ' लेख्नु होला भन्ने लागेको थिएन।'
  सुरेश भण्डारीले व्यङ्ग्यवाण हान्न भ्याए, 'उहाँको बिहेमा स्वर्गबाट नारायण गोपाल आउँछन्। अनि कहाँ यस्तो महान मान्छेबाट गल्ति हुन्छ त'

स्पष्टिकरण

ट्विटर प्रयोगकर्ताले व्यङ्ग्य हान्न थालेपछि उनले स्पष्ट पारे- 'मैले उल्लेख गरेको सुमन भाइ- तपाइँले सोचेको र मैले पनि सँधै सम्मान गर्ने सन्चारकर्मी सुमनजीप्रति होइन। आफ्नोबाहेक सबै काम जान्ने मि्त्र सुमनको लागि हो।
  को रहेछन् ती आफ्नोबाहेक सबै काम जान्ने सुमन? त्यो चाहिँ उनले खुलाएका छैनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell