PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

​घडी मेरो ट्राउजरको गोजीमा कसले कसरी राखिदियो मलाई थाहै भएन : सांसद रामहरी खतिवडा



पहिलोपोस्ट

​घडी मेरो ट्राउजरको गोजीमा कसले कसरी राखिदियो मलाई थाहै भएन : सांसद रामहरी खतिवडा

काठमाडौँ : ओखलढुंगाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोराको महँगो रोलेक्स घडी आफ्नो ट्राउजरको गोजीमा कसले र कसरी किन राखिदियो भन्ने बारे आफूलाई केही थाहा नभएको बताएका छन्।

पहिलोपोस्टसित कुरा गर्दै सांसद खतिवडाले बुधबार होटल र्‍याडिसनको जिम गइसकेपछि बिहीबार एउटा कार्यक्रमका लागि ओखलढुंगा गएको र शुक्रबार बिहान जाडोमा लगाउने ट्राउजर लगाउँदा त्यसको भित्र पट्टीको गोजीमा घडी भेट्दा आफू अचम्ममा परेको बताए।

‘घडी देखेपछि मैले तुरुन्त साथी सिमान्त गुरुङलाई यस्तो यस्तो घडी भेटियो तपाईँको हो भनेर एसएमएस गरेँ, रिप्लाइ गर्नुभएन’, उनले भने।
‘यो कसको घडी पर्‍यो, किन पर्‍यो मलाई थाहा भएन। मेरो आफ्नो घडी मैले लाएको लायै थिएँ,’ सांसद खतिवडाले अगाडि भने, ’त्यसपछि मैले  क्लबमा सँगै जाने गरेका ट्राभल एजेन्सी चलाउने साथी सुनील शर्मालाई फोन गरेँ। उहाँले रिसिभ गर्नुभयो। यस्तो यस्तो घडी मेरो गोजीमा भेटियो। कहाँबाट कसरी आयो, कसैले राखिदिएको हो कि भनेँ।‘

सुनीलले उनलाई घडी हराएको भन्ने छ तपाईँ कहिले फर्कने भनेर सोधे। ‘म कार्यक्रम सकाएर आजै आउँछु भनेँ र शुक्रबार कार्यक्रम सकाएर ३/४ बजे फर्किएँ। १२ बजे काठमाडौँ आइपुगेँ। भोलिपल्टै होटलको काउन्टरमा लगेर मैले घडी बुझाइदिएको थिएँ।‘

उनले आफूमाथि षड्यन्त्र भएको आशंका गर्दै सोधे, ‘जिम क्लबकै एक मित्रले घडी हराउँदा भेटिहाल्छ नि भनेका रहेछन्। ती मान्छेलाई कसरी थाहा भयो हराएको भेटिन्छ भनी?’

यही विषयमा प्रष्ट पार्न आइतबार उनले पत्रकार सम्मेलन पनि आयोजना गर्न लागेको जानकारी उनले दिए। 

सम्बन्धित समाचार
पूर्व प्रधानसेनापति छत्रमानका छोराको हराएको रोलेक्स घडी सांसदको गोजीमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell