PahiloPost

Jan 2, 2026 | १८ पुष २०८२

'ब्यागमा' के बोक्छिन् प्रियङ्का कार्की? जब खोलेरै देखाइदिइन्



पहिलोपोस्ट

'ब्यागमा' के बोक्छिन् प्रियङ्का कार्की? जब खोलेरै देखाइदिइन्

काठमाडौँ : नायिका प्रियङ्का कार्की हरेक कार्यक्रममा ब्याग बोकेर पुग्छिन्। सामान्यतया नायिकाहरु सानो पर्स वा मोबाइल ब्याग सहित देखिन्छन्। तर प्रियङ्काको साथमा भने ब्याग छुट्दैन।

के बोक्छिन् त प्रियङ्काले ब्यागमा? उनलाई धेरैले यही प्रश्न सोधे।

बिहीबार भने प्रियङ्काले उनको फ्यान र ब्यागको सिक्रेट जान्न चाहनेहरुलाई इन्सटाग्राममार्फत सरप्राइज दिइन्। उनले आफूले ब्यागमा रहेको सामानहरु बाहिर निकालिन् र एकएक गर्दै ती सामानहरुको जानकारी दिइन्।

फुर्सदको समय सदुपयोग भन्दै आफूले प्रयोग गर्ने केही थान कसमेटिक्स सार्वजनिक गरिन्। क्लिनिक ब्राण्डको फाउन्डेशन हाइलाइटर, कन्सिलर, पाउडर उनले अनुहारका लागि प्रयोग गर्ने बताएकी छिन्। भिडियोमा प्रियङ्काले आँखाको मेकअपका लागि प्रयोग गर्ने नेकेड ब्राण्डको पेन्सिल, लाइनर, गाजल देखाइन्। साथै आफूलाई म्याकको लिपस्टिकको फ्यान भएको पनि जनाएकी छिन्।

मेकअपका सामाग्री बाहेक उनको ब्यागमा मोबाइल हुने रहेछ।


यस्तो छ प्रियङ्काले सार्वजनिक गरेको भिडियो:
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell