PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

निगमलाई पहिलो गाँसमै ढुङ्गा, नहुने भो आज नयाँ एयरबसको दिल्ली उडान



निगमलाई पहिलो गाँसमै ढुङ्गा, नहुने भो आज नयाँ एयरबसको दिल्ली उडान

  • कञ्चन अधिकारी-
​काठमाडौँ : नेपाल वायुसेवा निगमले भर्खरै भित्र्याएको एयरबसको पहिलो उडानै रद्द हुन पुगेको छ। 'सगरमाथा' नाम दिइएको एयरबस बुधबार बिहान पहिलो पटक दिल्लीतर्फ उड्ने कार्यक्रम रद्द भएपछि निगमलाई पहिलो गाँसमै ढुङ्गा परेको छ। 

निगम स्रोतका अनुसार भारतले अनुमति दिन बाँकी रहेकोले बुधबारको उडान रद्द गर्नु परेको हो। 

निगमको पहिलो उडानका लागि टिकट काटेका १ सय ३१ यात्रुलाई बुधबार अर्कै एयरलाइन्सको विमानबाट दिल्ली पठाइनेछ। 

९ एनएकेडब्लु – ३२० कल साइन भएको विमानको पहिलो उडान अब आउँदो शुक्रबार दिल्लीमै गर्ने तयारी निगमले गरेको छ। शुक्रबारसम्म भारतबाट अनुमति लिइसक्ने तयारी छ। 

निगमले दिल्लीका लागि ८ हजार २१४ मा एकतर्फी र १५ हजार १ सय ७७ मा दुई तर्फी टिकट बेच्न थालेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell