PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको दाबी : स‌ंसदमा थुकेको खैनी हैन, दालचिनी हो



सविन ढकाल

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको दाबी : स‌ंसदमा थुकेको खैनी हैन, दालचिनी हो

काठमाडौं : व्यवस्थापिका संसदभित्रै सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले मुखबाट खैनी झिकेर फालेको समाचारको खण्डन गर्दै त्यो खैनी नभई 'दालचिनी' भएको दाबी गरेका छन्।
 
आज रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै कांग्रेसका नेता समेत रहेका मन्त्री केसीले संसदभित्रको गतिविधि कसरी यसरी बाहिर आयो भन्दै आश्चर्य समेत जनाए।
 
 'तीन-चार दिनदेखि मेरो स्वास्थ्य ठिक थिएन। त्यही भएर दालचिनी खाइरहेको थिएँ, सर्कियो' उनले भने, 'गाह्रो भएर थुकुँ कि के गरुँ भएपछि मुखबाट झिकेर फ्याँकेको हुँ तर खैनी होइन।'
 

​सदनभित्रको अनुशासनप्रति आफू सचेत रहेको भन्दै मन्त्री केसीले भने, 'सबैलाई अचानक गाह्रो हुन सक्छ। कहिले बसेकै ठाउँमा वान्ता पनि हुन सक्छ।'

सोमबार संसदभित्र मन्त्री केसीले मुखभित्र चपाइरहेको केही पदार्थ झिकेर बाहिर सिटतिर फ्याँकेका थिए। सोही विषय केही मिडियामा सार्वजनिक भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell