PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

रोल्पामा ५० प्रतिशत जनसंख्या मात्रै टेलिफोनको पहुँचमा, टावर थप्ने टेलिकमको तयारी



पहिलोपोस्ट

रोल्पा : रोल्पाका झन्डै ५० प्रतिशत जनता मात्रै टेलिफोनको पहुँचमा रहेको नेपाल टेलिकम, रोल्पाले बताएको छ।
 
जिल्लामा नेपाल टेलिकमले वितरण गरेको नमस्ते र स्काइका साथै निजी सेवा प्रदायकले वितरण गरेका एनसेल तथा हेलोले समेत सेवा दिइरहेका छन्।
 
जिल्ला सदरमुकाम लिवाङ र सुलिचौर बजारमा गरी २५० थान ल्यान्डलाइन जडान गरिएको नेपाल टेलिकम रोल्पाका कार्यालय प्रमुख कैलाश आचार्यले बताए।
 
भौगोलिक दुर्गमताका कारण जिल्लाका सबै ठाउँमा समान पहुँच नभएको कार्यालय प्रमुख आचार्यको भनाइ छ।
 
पहुँच नभएका स्थानमा थप पहुँच विस्तार गर्ने भन्दै जिल्लाका भावाङ, जेल्वाङ र मसिना लगायतका स्थानमा टावर विस्तार गरिन लागेको नेपाल टेलिकम रोल्पाले बताएको छ।
 
साथै, जिल्लाका अन्य गाविसमा समेत पहुँच विस्तारका लागि सर्भेको काम सकिएको र निर्माण कार्य अगाडि बढाउन लागेको टेलिकम रोल्पाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell