PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

किशोरीलाई तेजाब छ्याप्नेको खोजी जारी



किशोरीलाई तेजाब छ्याप्नेको खोजी जारी

काठमाडौँ : प्रहरीले यही फागुन १० गते वसन्तपुरको झोछेस्थित ‘ए प्लस ट्युसन सेन्टर’ मा दुई किशोरीमाथि भएको एसिड (तेजाब) आक्रमणमा संलग्न दोषीको खोजी कार्य तीब्र पारेको छ।
 
महानगरीय प्रहरी परिसर हनुमानढोकाका वरिष्ठ प्रहरी उपरीक्षक उत्तम कार्कीले परिसरले यस घटनाका दोषी पत्ता लगाउन विशेष अनुसन्धान टोली परिचालन गरेको बताए।
 
उनले भने, “अनुसन्धानको दायरा फराकिलो भएको छ, हामीले यसलाई साघुँरो बनाएर छिट्टै दोषी पत्ता लगाउने छौँ । पीडितका परिवारसँग आवश्यक सोधपुछ पनि भइरहेको छ।”
 
सो सेन्टरमा अज्ञात व्यक्तिले एसिड आक्रमण गर्दा कक्षा १० मा अध्ययनरत् सङ्गीता मगर र सीमा बस्नेत घाइते भएका थिए।
               
आक्रमणमा मगरको छाती, पेट र खुट्टा पोलेको र बस्नेतको अनुहार जलेको छ। मगरको वीर अस्पताल र बस्नेतको सिनामङ्गलस्थित काठमाडौँ शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
 
यसैबीच, बालबालिका शान्ति क्षेत्र तथा बाल संरक्षण राष्ट्रिय अभियान (सिजप) र शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) ले बालबालिकामाथि बढ्दै गइरहेको हिंसात्मक घटनाबारे संयुक्त टोली बनाई अनुसन्धान कार्यमा सहयोग पुर्‍याउने जनाएको छ । - रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell