PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तपाईँको मोबाइलले फोरजी सपोर्ट गर्छ? घरै बसी यसरी एक्टिभेट गर्नुस्



तपाईँको मोबाइलले फोरजी सपोर्ट गर्छ? घरै बसी यसरी एक्टिभेट गर्नुस्

काठमाडौँ : नेपाल टेलिकमले नेपालमै पहिलो पटक आजदेखि फोरजी सेवाको 'सफ्ट लञ्च' गरेको छ। काठमाडौँ र पोखरामा आज दिउँसो १ बजेपछि फोरजी चलाउन सकिने भएको छ।

यदि तपाईँको मोबाइल र सिमले फोरजी सपोर्ट गर्छ भने घरै बसी थप कुनै शुल्क बिना यो सेवा एक्टिभेट गर्न सकिन्छ। 

 १) आफ्नो मोबाइलको किप्याडमा *444# थिच्नुस् र डायल गर्नुस्। तपाईँको मोबाइलमा यस्तो सन्देश देखिनेछ-

 

२) रिप्लाइमा 1 थिचेर सेन्ड गर्नुस्। तपाईँको मोबाइलमा यस्तो सन्देश देखिनेछ-

३) केही समयमा नै तपाईँको मोबाइलमा १४१५ बाट सेवा सुरु भएको एसएमएस आउनेछ। फोरजीको यो प्रोमोसनल प्याक जनवरी ५ तारिखसम्म मात्र कायम रहनेछ।

नेपाल टेलिकमका अनुसार फोरजी हालका लागि पोस्टपेड मोबाइलमा मात्र चल्नेछ। प्रिपेडमा भने माघ २२ गतेदेखि मात्रै यो सेवा सुरु हुन्छ। 

यो सेवाबारे जान्नै पर्ने १० तथ्य यस्ता छन्-


फोरजी भनेको के हो?
लङ ट्रम इभोलुसन प्रविधिमा आधारित चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा नै फोरजी हो।

के फाइदा गर्छ?
फोरजी मार्फत उच्चगतिमा इन्टरनेट प्राप्त हुन्छ। त्यसकारण श्रव्य दृश्य सामाग्रीहरु लगायत बढी ब्याण्डविथ आवश्यक हुने इन्टरनेट सामाग्री सजिलै हेर्न वा सुन्न सकिन्छ। अर्थात् तपाइँले फोरजी प्रयोग गरेर युट्युबमा सजिलै फिल्महरु हेर्न तथा गीत सुन्न सक्नुहुन्छ।

कहाँ कहाँ छ फोरजी?
नेपाल टेलिकमले आजबाट सुरु गरेको फोरजी तत्काल काठमाडौँ उपत्यका र पोखराका अधिकांश क्षेत्रमा उपलब्ध छ। अन्य स्थानमा भने विस्तार गर्दै लैजाने नेपाल टेलिकमले जनाएको छ।

फोरजी चलाउन के के आवश्यक छ?
तपाइँको मोबाइल र सीम कार्ड फोरजी सपोर्ट गर्ने हुनुपर्छ।

कसरी थाहा पाउन सकिन्छ चल्छ कि चल्दैन?
मोबाइलको नेटवर्क सेटिङमा गएर फोनले कुनकुन प्रविधिमा काम गर्छ हेर्न सकिन्छ। त्यहाँबाट तपाँइले फोरजी र एलटिई रहे नरहेको हेर्नुपर्छ। साथै नेपाल टेलिकमको नेटवर्कमा फोरजी एलटिई सेवा सुचारु गर्नका लागि तपाइँको मोबाइल फोनले १८ सय मेगाहर्ज ब्याण्डमा काम गर्छ कि गर्दैन भन्ने सुनिश्चत गर्नुपर्छ।

तपाइँको सीमले फोरजी सपोर्ट गर्छ कि गर्दैन?
मोबाइलमा *444# डायल गरी प्राप्त निर्देशन अनुसार परीक्षण गर्न सकिन्छ। यदि सीमले सपोर्ट नगरे काठमाडौँको चाबहिल, हात्तिगौडा, गोंगबु, सुन्धारा, छाउनी, बबरमहल, जाउलाखेल, साझाभवन, ठिमी र भक्तपुर तथा पोखरामा दूरसञ्चार कार्यालय महेन्द्रपुलबाट सीमकार्ड परिवर्तन गर्नुपर्छ।

सेटिङमा कुन APN प्रयोग गर्ने?
थ्रीजी सेवाका लागि प्रयोग भएको ntnet वा ntwap मध्ये कुनै APN फोनमा प्रयोग गर्नुपर्छ।

कति पैसा लाग्छ?
फोरजी सेवा लिनका लागि हाल छुट्टै शुल्क तिर्नुपर्दैन।

टुजी र थ्रीजी भन्दा कति महङ्गो छ?
अहिलेलाई फोरजी सेवा टुजी र थ्रीजी सेवाकै दरमा टेलिकमले उपलब्ध गराएको छ। फोरजीका  लागि डाटा प्याकेजहरु तयार भैसकेका छैनन्। चार दिनका लागि प्रति दिन एक जिबीका दरले निःशुल्क डाटा चलाउन पाइनेछ।  

फोरजी लिएपछि हालको डाटा प्याकेज के हुन्छ?
फोरजीको स्पिडमा नै पुरानै प्याकेज अनुसारको डाटा उपयोग गर्न पाउनु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell