PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

​सहमति जुटाउने अन्तिम कसरतमा प्रचण्ड



पहिलोपोस्ट

​सहमति जुटाउने अन्तिम कसरतमा प्रचण्ड

काठमाडौं : सरकारले सोमबार जसरी पनि संविधान संशोधन विधेयक अगाडि बढाउने तयारी गरेकोछ। माओवादी केन्दकी प्रवक्ता पम्फा भुषालका अनुसार सहमतिका लागि आइतबार दिनभर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने, सहमति नभए प्रक्रिया अगाडि बढाउने प्रधानमन्त्रीको तयारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार सञ्चारकर्मीसंग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मिलेर अगाडि बढ्ने अन्तिम प्रयत्नमा रहेको बताइन्।

सञ्चारकर्मीसँग भेटका लागी समय दिए पनि प्रचण्ड उपस्थित नभएपछि उनले प्रचण्ड सहमती जुटाउने प्रयासमा रहेकाले भेट्न सम्भव नभएको जानकारी दिएकी थिइन्।

उनले सहमति जुटाउन सकेसम्म 'सफल हुनुहुनेछ" भन्ने रेहको बताइन्। माओवादी केन्द्र प्रतिपक्षलाई चिढ्याउने पक्षमा नभएको र मिलेर संविधान जारी गरेकाले कार्यान्वयन पनि मिलेर गर्नुपर्छ भन्ने धारणा रहेको उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell