PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

सडकमा सेल्फी खिच्दै गर्दा बसको ठक्करबाट युवकको मृत्यु



पहिलोपोस्ट

सुरुङ्गा (झापा) : मेची राजमार्गअन्तर्गत इलामको कोल्बुङ–२ मा सेल्फी खिच्दै गरेका फिदिम नगरपालिका–१ का विशाल सम्वाहाम्फेको बसको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको छ।
 
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काका अनुसार फिक्कलबाट बिर्तामोडतर्फ आउँदै गरेको को १ ख ३५६१ नंको बसले कोल्बुङ, सानो पाथीभरा नजिकै सेल्फी खिच्दै गरेका सम्बाहाम्फेलाई ठक्कर दिएको थियो।
 
सोही घटनामा २५ वर्षीय रोशन कन्दङ्वा घाइते भएका छन्। झापाबाट पाँचथरतर्फ मे ६ प २४१ नंको मोटरसाइकलमा जाँदै गरेका उनीहरुलाई सडक पेटीमा मोटरसाइकल रोकेर सेल्फी खिच्दाखिच्दै बसले ठक्कर दिएको थियो।रासस
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell