PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

विपक्षी सांसदलाई पाँच मिनेट उभ्याउँदै सभामुखले सातचोटि भनिन्- 'बस्नुस् माननीय सदस्य'



पहिलोपोस्ट

विपक्षी सांसदलाई पाँच मिनेट उभ्याउँदै सभामुखले सातचोटि भनिन्- 'बस्नुस् माननीय सदस्य'

काठमाडौं : आज पनि प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलको अवरोधका कारण संसद बैठक स्थगित भएको छ।
 
सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोधमा रहेको एमालेसहित दलले संसद चल्न दिएनन्। एमाले सांसद वैजनाथ चौधरीले ५ नम्बर सीमांकन हेरफेरबारे त्यहाँका जनताले माग नगरेको बताए। 'यस्तै हो भने १ र ७ नम्बर प्रदेशमा पनि यस्तो अवस्था आउन सक्छ। संविधान कार्यान्वयन ओझेलमा पर्छ,' उनले भने।
 
सिटबाट उठेर अवरोध गरेका विपक्षी सांसदहरुलाई सभामुख ओनसरी घर्तीले ५ मिनेटसम्म उभ्याइन्। र, उनीहरु नबसेपछि सात पटकसम्म बस्नका लागि आग्रह गरेकी थिइन्।
 
संसद अवरुद्ध कार्यान्वयन जटिलता आउनुका साथै निर्वाचनमाथिको विधेयक पनि अन्योलमा पर्ने उनले भनिन्।  

अबको संसद बैठक पुस १८ गते दिउँसो १ बजे बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell