PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

मेलम्ची खानेपानीमा ब्रेकथ्रु :सुन्दरीजल र सिन्धुबाट खनिएको सुरुङ जोडियो

मेलम्ची खानेपानीमा ब्रेकथ्रु :सुन्दरीजल र सिन्धुबाट खनिएको सुरुङ जोडियो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बुधबार मेलम्ची खानेपानी योजनाको सुन्दरीजल र सिन्धुबाट खनिएको सुरुङ जोडिएको छ। सुन्दरीजल र सिन्धुपाल्चोकको सिन्धुबाट खन्न सुरु गरिएको सुरुङ बुधबार जोडिएको हो।

सुरुङलाई दुवैतर्फबाट खनेर अन्तिम १० मिटर बाँकी रहँदा दुवैतर्फवाट ड्रिलिङ गरेर ब्स्लाष्टिङ गरी सुरुङ एक आपसमा जोडिएको हो।

सुरुङमार्ग अन्तर्गतको पहिलो महत्वपूर्ण खण्डको रुपमा रहेको सुन्दरीजलदेखि सिन्धुको सुरुङ खन्ने काम बुधबार पूरा भएसँगै काठमाडौंबासीले मेलम्चीको पानी पाउने सपनामा एक इट्टा थपिएको छ।

मेलम्चिको पानी काठमाण्डौ ल्याउन सुरुङलाई तीन खण्डमा विभाजन गरेर काम शुरु भएको थियो । तीमध्ये सुन्दरीजलदेखि सिन्धुको साढे नौ किलोमिटर सुरुङ खन्ने काम पूरा भएको हो। योसँगै २६ किलोमिटर लम्बाइको सुरुङमा २० दशमलव ३ सय ८५ मिटरमा काम सकिएको छ। पाँच दशमलव पाँच किमि सुरुङ खन्न बाँकि रहेको आयोजनाका इन्जिनियर दिवश श्रेष्ठले जानकारी दिए।

आयोजना अन्तर्गत सिन्धुपाल्चोकतर्फको सिन्धुदेखि ग्यालथुमसम्मको सुरुङ खण्डमा कमलो चट्टान भेटिएका कारण समस्यामा परेको छ।

२०७४ असोजमा काम नसकिने !

पुराना औजारले सोचेजस्तो काम नगरेका कारण सरकारले भनेजस्तो आगामि वर्ष २०७४ को दशैं अगाडि नै काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने योजना समयमा सकिने सम्भावना देखिएन।

लामो समयदेखि सुरुङ खन्न प्रयोग भइरहेका पुराना औजारले सोचेजस्तो काम गरेको छैन। नियमित रुपमा काम गर्नका लागि बुमर र हग्ग लोडर पुराना रहेका कारण काममा सोचेजति प्रगति हुन नसकेको हो।

तीन बर्षदेखि इटालियन कम्पनीले प्रयोग गरिरहेको मेसिन पुराना भइसकेको आयोजनाका जियोलोजिस्ट राजन पुडासैनीले बताए। पुराना उपकरण प्रयोग भएका कारण प्रत्येक खण्डमा आयोजनाको काम २० देखि ३० प्रतिशत कम भइरहेको उनले बताए।

आयोजनामा सुरूङ खन्ने क्रममा सोचे अनुसार काम भयो भने बाँकी सुरूङ बढीमा ७ देखि आठ महिनामा सकिने छ तर सन् २०१७ भित्र काम सक्न मुस्किल रहेको पुडासैनीले बताए।
तस्विर : पहिलोपोस्ट\रासस


ट्रेन्डिङ पोस्ट

Ncell