PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सुरज-सहानाद्वारा समाचारको खण्डन, कानुनी उपचार खोज्ने



सुरज-सहानाद्वारा समाचारको खण्डन, कानुनी उपचार खोज्ने

काठमाडौँ : कान्तिपुर टेलिभिजनका दुई भिजे सुरज गिरी र सहाना बज्राचार्यले आफूहरुबारे मिडियामा आएको समाचारलाई 'झुठो, भ्रामक र कपोलकल्पित' भन्दै खण्डन गरेका छन्। यो समाचारले आफूहरुलाई पुगेको क्षतिको कानुनी उपचार खोज्ने पनि उनीहरुले बताएका छन्। 


गिरी र बज्राचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- 'समाचारमा भनिए जस्तो न त हाम्रो जवानी उम्लिएको हो, न त हामीले जवानी बिसाएका नै हौँ। हामी दुई मिल्ने साथी हौँ।'

वक्तव्यमा साउन १२ गते बिहान सबेरै काठमाडौँ फर्कने क्रममा चितवनको टाँडीमा गाडीको पञ्चर भएको टायर फेर्ने क्रममा प्रहरीले परिचय मागेको र परिचय पत्र देखाएपछि मापसे परीक्षण गर्न प्रहरी साथ गएको विज्ञप्तिमा उल्लेख छ। 

'परीक्षणका क्रममा हामी मध्ये सुरजले मादक पदार्थ सेवन गरेकोमा प्रहरीले मापसे अन्तर्गत कारबाही गरेको हो', विज्ञप्तिमा भनिएको छ, 'जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले एभिन्युज टेलिभिजनसँग बताएको भिडियो फुटेजले पनि यसलाई पुष्टि गर्छ।'


भिडियोमा कोइरालाले भनेका छन्, 'साउन १२ गते दुई बजे हाम्रो नियमित ट्राफिक चेक जाँच थियो। यही क्रममा भरतपुर नगरपालिका ९ स्थित सडक खण्डमा बा ७ च ५८०३ नम्बरको कारमा चेक गर्दा चालकले मापसे गरेको पाइएकोले जरिवाना गराएर छाडिएको हो।'



सुरज-सहानाद्वारा जारी विज्ञप्ति-

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell