A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6ab364178e2917.06149460): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6ab364178e2917.06149460,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6ab364178e6239.88756610): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6ab364178e6239.88756610,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6ab36417929a63.80547359): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6ab36417929a63.80547359,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

लोकमानमाथि आक्रमण गर्नेहरु अनुसन्धानका लागि प्रहरी हिरासतमा, के लाग्ला अभियोग?
PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

लोकमानमाथि आक्रमण गर्नेहरु अनुसन्धानका लागि प्रहरी हिरासतमा, के लाग्ला अभियोग?



केपी ढुंगाना

लोकमानमाथि आक्रमण गर्नेहरु अनुसन्धानका लागि प्रहरी हिरासतमा, के लाग्ला अभियोग?

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने २ जनालाई महानगरीय प्रहरी कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा पठाएको छ।

बिहीबार पेशीको क्रममा सर्वोच्च पुगेका कार्कीलाई अदालतको परिसरभित्रै कालोमोसो दलेपछि प्रहरीले प्रकाश शाही र चन्द्रबहादुर बुढालाई पक्राउ गरेको थियो। पक्राउ परेका दुबैजनालाई अदालतको सुरक्षामा खटिएको न्यायिक प्रहरीले नियन्त्रणमा लिई छानबिनपछि थप अनुसन्धान र कारबाही प्रक्रियाका लागि महानगरीय प्रहरीमा पठाएको थियो। 

महानगरीय प्रहरीका प्रमुख एआइजी प्रतापसिंह थापाका अनुसार थापा र बुढामाथि अनुसन्धानका लागि उनीहरुलाई काठमाडौं परिसरमा पठाइएको हो।

‘अनुसन्धानका लागि दुबै जनालाई काठमाडौं परिसरमा पठाएका छौं,’ एआइजी थापाले भने, ‘अनुसन्धानको सबै पाटो परिसरले नै हेर्छ।’

पेशीको बहानामा प्रवेश

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार शाही र बुढा अदालतमा आफ्नो मुद्दाको पेशी रहेको भन्दै प्रवेश गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। बन्दको समयमा अदालत प्रवेश गर्ने मूल गेटका प्रहरीले चाप कम भएको भन्दै प्रवेशमा अन्य दिन झैँ कडाइ गरेका थिएनन्।
 
‘पेशी छ भनेपछि प्रहरीले उनीहरुलाई भित्र प्रवेश गर्न दिएको देखियो’ अनुसन्धान स्रोतले भन्यो।

कुनै पनि नागरिकले सर्वोच्च परिसरमा उभिनकै लागि मात्र पनि आफ्नो मुद्दाको मिसिल सहितको कागजपत्र वा नागरिकता देखाउनुपर्छ। इजलासमा जान भने नागरिकता राखेर अर्को पास लिनुपर्ने व्यवस्था छ। 

दुबै विप्लवका कार्यकर्ता

एआइजी थापाका अनुसार प्रारम्भिक सोधपुछमा पक्राउ परेका शाही र बुढाले आफूहरु नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादीमा आवद्ध रहेको जानकारी दिएका छन् । 

‘उनीहरुले आफूलाई नेकपा माओवादीका कार्यकर्ता हौं भनेका छन्, बाँकी अनुसन्धान भइरहेको छ ।’

के लाग्ला अभियोग ?

पक्राउ परेका दुबै जनालाई प्रहरीले २४ घन्टा अदालतमा पेश नगरी हिरासतमा राख्न सक्छ। २४ घन्टाभित्र पक्राउ गर्नुको कारण र पक्राउ परेकामाथिको अभियोगसहित अदालतमा न्यायिक हिरासतमा राख्नुपर्ने कारणसहित म्याद माग्नुपर्ने कानुनी प्रावधान छ। सो प्रावधान अनुसार प्रहरीले पक्राउ परेका दुबैमाथि शुक्रबार अभियोग सहित जिल्ला प्रशासन कार्यालय वा जिल्ला अदालतमा पेश गरी हिरासतमा राख्ने म्याद माग्नुपर्ने हुन्छ।

सार्वजनिक स्थानमा हुलहुज्जत गरेको, कसैको सार्वजनिक छविमा आँच पुर्‍याउने काम गरेको लगायतका आरोपमा आकर्षित हुने सार्वजनिक अपराध हो। यस अगाडि हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई झापड हान्ने पदम कुँवर, तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई झापड हान्ने देवीप्रसाद रेग्मी विरुद्ध प्रहरीले सार्वजनिक अपराधको अभियोगमा अनुसन्धानका लागि हिरासतमा राखेको थियो।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell