PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पूर्व राजा ज्ञानेन्द्रका ५ ' राजनीतिक डायलग'



पहिलोपोस्ट

पूर्व राजा ज्ञानेन्द्रका ५ ' राजनीतिक डायलग'

काठमाडौं : संविधान संशोधनको प्रस्तावले प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेतृत्वविच दुरी बढ्दो छ । बढ्दो दुरीसँगै नेपालको संविधानले स्विकार गरिसकेको संघियतालाई चुनौती दिन प्रमुख दलका नेता नै अग्रसर देखिएका छन्।

संविधान संशोधनको प्रस्ताव नेपाल र नेपालीको हितमा नआई छिमेकी मुलुकको इसारामा आएको दावी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मात्रै हैन, सत्ताधारी दल माओवादी केन्द्र र कांग्रेसका जिम्मेवार नेताले समेत यस्तै दावी गरिरहेका छन् ।

प्रमुख प्रतिपक्षले उठाएको 'राष्ट्रवादी' लाइनलाई सघाउने र राजनीतिक अस्थिरताले दिक्किएका नागरिकको मनमा विद्रोहको भाव भड्काउने शब्दले भरिएको विज्ञप्ती जारी गरेका छन् पूर्व राजा ज्ञानेन्द्र शाहले ।
 

विज्ञप्तिका महत्पूर्ण ५  बुँदा

  • माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधुनिकताको दुहाई दिएरमात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन सक्दैन ।
  • नेपाल बाँचीरहोस् भन्ने संकल्पवाटनै नेपाल र नेपालीको अजय शक्तिको रक्षा गरौं । समय भड्किसकेपछी पश्चातापले कुनै अर्थ राख्दैन ।
  • बाह्य शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी गराएको छ भने स्थायी सत्ता र लौकिक सत्ता क्रमश धुमिल पारिएको छ ।
  • क्रान्तिकारी, परिर्वतनकारी, वलिदानी आदी शब्दको भावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य अशोभनीय मात्र नभई असैह्य पनि बनि रहेको छ ।
  • इतिहास कलंकित गर्दै निश्चित, निहित स्वार्थ पुरा गर्न गरिएको कार्यहरु कदापि प्रसंशित हून सक्दैनन् । जनताका आस्थाहरु ढलेका छैनन् । नेपाली मन मतिष्कमा देशभक्तिको भावना ढलेको छैन।


         तस्विर:nepalipatra.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell